शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कर्भ्ड डिस्प्ले भएको रियलमीको मिडरेन्ज फोन 'टेन प्रो प्लस' नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २५ २०७९
कर्भ्ड डिस्प्ले भएको रियलमीको मिडरेन्ज फोन  'टेन प्रो प्लस' नेपाली बजारमा

८ सय निट्स ब्राइटनेस भएको यो फोनको डिस्प्ले एचडीआर १० प्लस सर्टिफाइ रहेको कम्पनीले उल्लेख गरेको छ।

काठमाडौं- रियलमीको नयाँ स्मार्टफोन रियलमी टेन प्रो प्लस फाइभजी स्मार्टफोन नेपाली बजारमा आएकोछ। फ्ल्यागसीप फिचर्ससहितको मिडरेन्ज मूल्यमा पाइने दाबी गरिएको यो फोन नेपाली बजारमा सार्वजनिक भएको छ।

 कर्भ्ड डिस्प्ले भएको यो फोनको मूल्य नेपाली बजारमा ४५ हजार ९९९ रुपैयाँ रहेको छ। यसको ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता रहेको छ। ८ सय निट्स ब्राइटनेस भएको यो फोनको डिस्प्ले एचडीआर १० प्लस सर्टिफाइ रहेको कम्पनीले उल्लेख गरेको छ।

तीनवटा क्यामेरा सेटिङ रहेको फोनमा ५० मेगापिक्सेलको प्राइमेरी सेन्सर रहेको छ। यसमा १०८ मेगापिक्सेलसम्मको अपग्रेड पनि उपलब्ध हुनेछ। ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ।


प्रकाशित : सोमबार, पुस २५ २०७९१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend