बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मलेसियामा बन्धक बनाइएका नेपालीका बारेमा प्रधानमन्त्रीको चासो, उद्धार गर्न निर्देशन 

सोमबार, पुस २५ २०७९
मलेसियामा बन्धक बनाइएका नेपालीका बारेमा प्रधानमन्त्रीको चासो, उद्धार गर्न निर्देशन 

प्रधानमन्त्रीले  नेपाली कामदारको अवस्था बुझ्न र उनीहरुलाई उद्धारका  लागि पहल गर्न निर्देशन दिएका छन्। 

काठमाडौं- ४ महिना अगाडि अर्थात सेप्टेबर ८ मा रोजगारीका लागि मलेसिया पुगेका १९ कामदार बन्धक बनेपछि नेपाल सरकारले उद्धारका लागि पहल गर्ने भएको छ। 

सेप्टेम्बर ८ मा सानेपाको खोजी म्यानपावरबाट मलेसिया पुगेका १९ कामदारलाई त्यहाको होङ टे इन्टरप्राइजेज (कुखुराको मासु सप्लाई तथा प्याकिङ फुड सप्लाई) ले कामदारलाई बन्धक बनाएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धारका लागि अग्रसरता लिन मुख्यसचिवलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीले  नेपाली कामदारको अवस्था बुझ्न र उनीहरुलाई उद्धारका  लागि पहल गर्न निर्देशन दिएका छन्। 

रोजगारीका लागि ४ महिना अगाडि मलेसिया पुगेका १९ जना एक सातादेखि बन्धक (भिडियोसहित) रोजगारीका लागि ४ महिना अगाडि मलेसिया पुगेका १९ जना एक सातादेखि बन्धक (भिडियोसहित)

म्यानपावर कम्पनीले ३ लाख रुपैयाँ लिएर २३ सय ४३ मलेसियान रिङगेट रकम पाउने भन्दै पठाएको थियो। सो म्यानपावर कुल २९ जना कामदार पठाएको थियो। जनवरी १ देखि २७ जनालाई नै बन्धक बनाएको कम्पनीले मलेसियन प्रहरी तथा मलेसिया स्थित रहेको नेपाली दुतावासको पहलमा ९ जनालाई भने काममा फर्काए पनि १९ जनालाई भने अझै बन्धकमै राखेको छ। बारम्बार कामदारलाई कुटने कम्पनीमा काम नगर्ने भन्दै बन्धकमा रहेका नेपालीले उद्धारका लागि सहयोग मागिरहेका छन्।

म्यानपावर कम्पनीले भने प्रतिकामदार ३ लाख रुपैयाँ लिएर २३ सय ४३ मलेसियन रिङगेट हुन्छ भनेर पठाएपनि अहिसम्म सम्झौता भएको रकम कामदारले नपाएको बताएका छन्।


प्रकाशित : सोमबार, पुस २५ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend