शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

थप कर्मचारी कटौती गर्दै ट्विटर 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २४ २०७९
थप कर्मचारी कटौती गर्दै ट्विटर 

फेक सूचना, हेट स्पिचको मनिटरिङ गर्ने टिमलाई नै कमजोर बनाउनेगरि ट्विटरले कर्मचारी कटौति गरेको छ। 

काठमाडौं- टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले किनेपछि ट्विटरले कर्मचारी कटौती गरिरहेको छ। 

खर्च कटौतीका लागि भन्दै ट्विटर इन्कले नोभेम्बरमा मात्र ३ हजार ७ सय कर्मचारीलाई कामबाट बिदा गरेको थियो। 

आम्दानीभन्दा खर्च धेरै हुँदा घाटा बढेको भन्दै माइक्रो ब्लगिङ साइट ट्विटरका अर्बपति मालिक एलन मस्कले अझै कटौती हुने बताइरहेका छन्। 

यसैक्रममा ट्विटरले थप कर्मचारी कटौती गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। कटौतीको संख्या तथा अन्य विवरण नखुलेपनि कन्टेन्ट मोडेरेसन टिममा कार्यरत कर्मचारी कटौती गरेको छ। 

ट्विटरमा आउने फेक सूचना, हेट स्पिचको मनिटरिङ गर्ने टिमलाई नै कमजोर बनाउनेगरि ट्विटरले कर्मचारी कटौती गरेको छ। 

समाजिक सद्भाग खलबलिने तथा गलत सूचना प्रबर्द्ध हुने कन्टेन्टमा मनिटरिङ तथा फिल्टरिङका लागि ट्विटरले छु्ट्टै टिम बनाएको छ। यही टिमलाई कमजोर बनाउनेगरि कटौती गरिएको छ। 

 


प्रकाशित : आइतबार, पुस २४ २०७९०९:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend