मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

रोजगारीका लागि ४ महिना अगाडि मलेसिया पुगेका १९ जना एक सातादेखि बन्धक (भिडियोसहित)

शनिबार, पुस २३ २०७९
रोजगारीका लागि ४ महिना अगाडि मलेसिया पुगेका १९ जना एक सातादेखि बन्धक (भिडियोसहित)

यता म्यानपावर कम्पनीले भने कामदार र मालिक बीचमा केही विवाद भएको सत्य भएपनि बन्धकमा नभए केस समाधान नहुँदासम्मका लागि सबैलाई एकै रुममा राखेको दाबी गरेको छ।

काठमाडौं- ४ महिना अगाडि अर्थात सेप्टेबर ८ मा रोजगारीका लागि मलेसिया पुगेका १९ कामदार एक सातादेखि बन्धक बनेका छन्। सेप्टेम्बर ८ मा सानेपाको खोजी म्यानपावरबाट मलेसिया पुगेका १९ कामदारलाई त्यहाको होङ टे इन्टरप्राइजेज (कुखुराको मासु सप्लाई तथा प्याकिङ फुड सप्लाई) ले कामदारलाई बन्धक बनाएको हो।

यो कम्पनीमा म्यानपावर कम्पनीले ३ लाख रुपैयाँ लिएर २३ सय ४३ मलेसियान रिङगेट रकम पाउने भन्दै पठाएको थियो। सो म्यानपावर कुल २९ जना कामदार पठाएको थियो। जनवरी १ देखि २७ जनालाई नै बन्धक बनाएको कम्पनीले मलेसियन प्रहरी तथा मलेसिया स्थित रहेको नेपाली दुतावासको पहलमा ९ जनालाई भने आजबाट काममा फर्काए पनि १९ जनालाई भने अझै बन्धकमै राखेको छ। बारम्बार कामदारलाई कुटने कम्पनीमा काम नगर्ने भन्दै बन्धकमा रहेका नेपालीले उद्धारका लागि सहयोग मागिरहेका छन्।

यता म्यानपावर कम्पनीले भने कामदार र मालिक बीचमा केही विवाद भएको सत्य भएपनि बन्धकमा नभए केस समाधान नहुँदासम्मका लागि सबैलाई एकै रुममा राखेको दाबी गरेको छ।

काममा फर्कनेलाई काममा पठाउने र नफर्कनेलाई नेपाल फिर्ता गर्ने कम्पनीको दाबी छ।

तर म्यानपावर कम्पनीले भने प्रतिकामदार ३ लाख रुपैयाँ लिएर २३ सय ४३ मलेसियन रिङगेट हुन्छ भनेर पठाएपनि अहिसम्म सम्झौता भएको रकम कामदारले नपाएको बताएका छन्।

321908082_676890597258313_6429196176790164445_n.jpg


प्रकाशित : शनिबार, पुस २३ २०७९१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend