बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

देशभर दसैँको उल्लास, हेर्नुहोस तस्बिरमा 

शुक्रबार, असोज २९ २०७८
देशभर दसैँको उल्लास, हेर्नुहोस तस्बिरमा 

घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा दिउँदैसदेखि देखिन थालेको थियो। 

काठमाडौं- बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिएका छन्। 

सर्वसाधारणदेखि राष्ट्रप्रमुखहरुले टीका ग्रहण गरी अरुलाई टीका तथा आशिर्वाद दिएका छन्। 

घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा दिउँदैसदेखि देखिन थालेको थियो। 

योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।

आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

देशभरका मन्दिर,शक्तिपिठहरुमा भक्तजनको भीड लागेको थियो। 

 

SG-Myagdi-FotoTika.jpg

 

 

 


प्रकाशित : शुक्रबार, असोज २९ २०७८१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend