आइतबार, जेठ ६ गते २०८१    
images
images

गोल्यान समूहका दुई जलविद्युत परियोजनाको विस्तृत अध्ययन गर्न डीएफसीको अनुदान 

डीएफसीले पहिलोपटक दियो सम्भाव्यता अध्ययनका लागि अनुदान 

images
बुधबार, पुस २० २०७९
images
images
गोल्यान समूहका दुई जलविद्युत परियोजनाको विस्तृत अध्ययन गर्न डीएफसीको अनुदान 

यी दुई आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि आवश्यक एक करोड अमेरिकी डलर अनुमानित लागत रहेको छ। अनुमानित लातको ५० प्रतिशत रकम डीएफसीले अनुदान दिने भएको छ। 

images
images

काठमाडौं- औद्योगिक घराना गोल्यान समूहले हातमा लिएका दुईवटा जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि अमेरिकी विकास लगानी संस्थाले अनुदान उपलब्ध गराउने भएको छ। 

images
images
images

विभिन्न परियोजनामा नेपालमा लगानी गरेको अमेरिकी इन्टरनेट डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले गोल्यान समूह अन्तर्गतका दुईवटा परयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि अनुदान दिने भएको छ। 

images

यो समूह अन्तर्गतका दुई कम्पनीले ३०६ मेगावाट क्षमताको अपर मुगु कर्णाली र १३५ मेगावाट क्षमताको नामलान खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएका छन्। समूह अन्तर्गतका लागि एलिभेट इनर्जी प्राली र एपोलो इनर्जी प्रालीले यी दुई आयोजनाको लाइसेन्स पाएका छन्। 

images
images

यी दुई आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि आवश्यक एक करोड अमेरिकी डलर अनुमानित लागत रहेको छ। अनुमानित लातको ५० प्रतिशत रकम डीएफसीले अनुदान दिने भएको छ। 

images
images

सम्झौताअनुसार डीएफसीले नगदमै अनुदान दिने छ। 

डीएफसीले नेपालमा यस्तो अनुदान दिएको पहिलोपटक हो। यो संस्थाले निजी लगानीलाई किफायति र प्रतिफलयुक्त बनाउनका लागि अनुदान दिँदै आएको छ। संस्थाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरूले यस्तो अनुदान पाउँछन्। 

प्रयास गरेपछि अनुदान तथा सहायता पाइनेरहेछ भन्ने पुष्टि भएको र यस्तो अवसर अरु नेपाली कम्पनीले पनि पाउने बाटो खुले गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। 

'उनीहरूले निर्धारण गरेका मापदण्ड पूरा भएपछि हामीले नेपालमै पहिलोपटक यस्तो अनुदान पाएका छौं। लगानी तथा सहायताका लागि यस्ता साझेदार तथा माध्यम पनि छन् भनेर अरु कम्पनीलाई पनि जानकारी हुनेछ' उनले भने। 

निजी लगानी प्रबर्द्धन तथा वित्तीय स्रोत व्यवस्थापनमा यस्ता अवसरले देशलाई लाभ पुग्ने उनको भनाइ छ। 

निजी लगानीको व्यवासायिक सम्भाव्यता तथा दीगो आम्दानीको सुनिश्चतता गर्नका लागि डीएफसीले विज्ञ सहायता तथा सम्भाव्यता अनुदान दिँदै आएको छ। नेपाली कम्पनीहरूले यस्तो अनुदान अहिलेसम्म पाएका थिएनन्। 

नवीकरणीय ऊर्जाका परियोजनामा विशेष प्राथमिकता दिँदै आएको डीएफसीको यो अवसर नेपालका अरु कम्पनीले पनि लिनसक्नेछन्। 

उत्पादनमूलक तथा  सेवा क्षेत्रका साथै पछिल्लो समय गोल्यान समूहले ऊर्जामा पनि लगानी बढाइरहेको छ। यो समूहले प्रबर्द्धन गरेको एउटा परियोजना सम्पन्न भइसकेको छ भने अरु कति विकासक्रममा रहेको छन्। 

२० मेगावाटको सोलान ऊर्जा परयोजना अघि बढाउने तयारीमा रहेको समूहले कूल ९ सयम मेगावाट क्षमताका परियोजना अघि बढाइरहेको छ। 


प्रकाशित : बुधबार, पुस २० २०७९०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend