शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आधाभन्दा बढी फोरजी प्रयोगकर्ता 

सोमबार, पुस १८ २०७९
आधाभन्दा बढी फोरजी प्रयोगकर्ता 

नेपाल टेलिकमका १ करोड १५ लाख फोरजी प्रयोगकर्ता छन्। त्यस्तै एनसेलका ६७ लाख रहेका छन्। 

काठमाडौं- नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तामा फोरजी सेवा लिने ग्राहकको  संख्या आधाभन्दा धेरै रहेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने कूल ग्राहकमा ६६ प्रतिशतले फोरजी सेवा लिइरहेका छन्। 

नेपालमा कूल २ करोड ७६ लाख ९२ हजारले मोबाइल सेवाप्रादयकको इन्टरनेट प्रयोग गर्दै आएका छन्। यसमध्ये १ करोड ८४ लाख ७० हजारले फोरजी प्रयोग गर्छन्। 

फोरजी इन्टरनेटको गति तीब्र हुने हुनुपर्ने भएपनि नेपालमा सेवाप्रदायकले सोही अनुसारको सेवा नदिएको गुनासो पनि बढीरहेको छ। गुणस्तरमा सुधार नभएपनि प्रयोगकर्तामाझ फोरजीको लोकप्रियता भने बढ्दो छ। 

नेपाल टेलिकमका १ करोड १५ लाख फोरजी प्रयोगकर्ता छन्। त्यस्तै एनसेलका ६७ लाख रहेका छन्। 

इन्टरनेट प्रयोग गर्ने कूल संख्यामा मोबाइलबाट इन्टरनेट चलाउनेको हिस्सा ७७ प्रतिशत रहेको छ। ३ करोड ७८ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २ करोड ७६ लाखले मोबाइल सेवाप्रदायकको तारबिहिन इन्टरनेट चलाउने गरेका छन्। 

त्यस्तै इन्टरनेट सेवाप्रदायकको तारबाट इन्टरनेट सेवा लिने ग्राहको संख्या पनि ९७ लाख पुगेको छ। पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर प्रत्येक स्थानीय तहमा सेवा विस्तारमा लगानी गरेपछि तारबाट सेवा लिने ग्राहको संख्यामा उल्लेख्य वृद्धि भएको छ। 


प्रकाशित : सोमबार, पुस १८ २०७९०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend