शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १८ २०७९
नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित 

काठमाडौंमा फाइभजी परीक्षणका लागि कम्पनीले उपकरण जडान गरिसकेको छ। 

काठमाडौं- सन् २०२३ को जनवरि १ देखि नेपालमा फाइभजी सेवाको परीक्षण गर्ने योजनाबाट नेपाल टेललिकम पछि हटेको छ। 

टेलिकमले जनवरी १ देखि फाइभजी सेवाको परीक्षण गर्ने योजना बनाएको थियो। तर प्राविधिक कारण भन्दै टेलिकम पछि हटेको हो। नयाँ सञ्चार तथा सूचना प्रविधि मन्त्री नआएको तथा अन्य तयारी पनि पूरा नभएको पनि कम्पनी परीक्षणको योजनाबाट पछि हटेको हो। 

कम्पनीका प्रवक्ता शोभन अधिकारीले भने सेवा परीक्षणका लागि आधारभूत रुपमा चाहिने डिभाइसको उपलब्धतता नै नभएकाले अहिलेलाई स्थगित भएको जानकारी दिए। 

यसअघि सामान्य लक्ष्य लिइएको तर घोषणा नभएकाले परीक्षण सथगित आन्तरिक मामिला भएको कम्पनीका पदाधिकारीहरूले बताएका छन्। 

टेलिकमले पाएको फ्रिक्वेन्सी र सोही फ्रिक्वेन्सीमा फाइभजी सेवा सपोर्टगर्ने डिभाइसको कमीका कारणले सेवा परीक्षणबाट अपेक्षित परिणाम नआउने देखेर अहिलेलाई रोकिएको प्रवक्ता अधिकारीइले जानकारी दिए। 

नेपाल टेलिकमले २६०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको अनुमति पाएको छ। 

'अहिले हामीलाई २६०० मा फ्रिक्वेन्सी दिइएको छ। यही ब्यान्डमा सपोर्ट गर्ने डिभाइस धेरै देखिएन। यसका लागि डिभाइस ल्याउन लगाउँदा भोलि फेरि व्यावसायिक फ्रिक्वेन्सी फरक पर्‍यो भने पनि समस्या नै हुने भयो। त्यसैलै केही हप्ताका लागि हामीले सारेका छौं' अधिकारीले भने। 

टेलिकमले आफ्नै अग्रसरतामा स्मार्टफोन ल्याएर परीक्षण गर्नका लागि फ्रिक्वेन्सीको स्थायीत्व बाधक भएको उल्लेख गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले व्यावसायिक प्रायोजनका लागि पनि यही हो भनेर यदि भनेपछि मात्र यसको परीक्षण हुने देखिएको छ। 

काठमाडौंमा फाइभजी परीक्षणका लागि कम्पनीले उपकरण जडान गरिसकेको छ। 


प्रकाशित : सोमबार, पुस १८ २०७९०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend