शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

'आईएमई पे' एपमा नेपाली भाषाको फिचर्स थपियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
'आईएमई पे' एपमा नेपाली भाषाको फिचर्स थपियो

अबदेखि एपमा  भाषाको छनोट गर्न मिल्ने सुविधा पनि थपिने भएको छ। 

काठमाडौं- अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ। 

भाषिक कठिनाइका कारणले एप प्रयोगमा बाधा उत्पन्न नहोस भनेर नेपालीमा पनि बिकल्प उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ। 

'बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरिएको छ' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अबदेखि एपमा  भाषाको छनोट गर्न मिल्ने सुविधा पनि थपिने भएको छ। 

सन् २०२३ सुरू भएको अवसरमा कम्पनीले यो नयाँ फिचर सार्वजनिक गरेको हो। एप प्रयोगकर्ताले अपडेट गरेपछिमात्र यस्तो सुविधा आउने छ। 

 


प्रकाशित : आइतबार, पुस १७ २०७९०९:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend