मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

निजगढको विकल्प छैन, यो रोक्नु भनेको देश विकास राेक्नु हो : पूर्वपर्यटनमन्त्री भट्टराई

images
शुक्रबार, पुस १५ २०७९
images
निजगढको विकल्प छैन, यो रोक्नु भनेको देश विकास राेक्नु हो : पूर्वपर्यटनमन्त्री भट्टराई
images
images

काठमाडौं- पूर्वपर्यटनमन्त्री योगेश कुमार भट्टराईले हवाई क्षेत्रको विकासका लागि निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन्।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको एक कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थल निर्माणमा विभिन्न बहाना झिकेर विभिन्न निकायले तगारो हालेको बताए। 'यो विमानस्थल निर्माण रोक्नु भनेको देश विकास राेक्नु हो', उनले भने।

images
images

निजगढ विमानस्थल निर्माणमा सर्वोच्च अदालतले सबै पुरानाे प्रक्रिया रद्ध गर्दै नयाँ अध्ययनबाट अगाडि बढाउन आदेश दिएको थियो।अदालतको फैसालापछि सरकारले विज्ञ टोली गठन गरेर अध्ययनसमेत गरेको छ।

images
images

टोलीले विमानस्थल बनाउन निजगढ नै उचित स्थान रहेको रिपोर्ट दिइसकेको छ। सोहीअनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको छ।


प्रकाशित : शुक्रबार, पुस १५ २०७९०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend