मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बुद्ध एयरले जनवरी १ देखि आन्तरिक उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

images
बुधबार, पुस १३ २०७९
images
बुद्ध एयरले जनवरी १ देखि आन्तरिक उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने
images
images

काठमाडौं- जनवरी १ देखि बुद्ध एयरको सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भइको छ। पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि सञ्चालनमा आउन लागेको छ।

images
images
images

नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको एयरको भनाइ छ। विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएको छ। अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ।

images
images

बुद्ध एयर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको छ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ। यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ।

images
images

लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुद्ध एयर अनुरोध गरेको छ। नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगवौ विमानस्थल पुगि चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ।

बुद्ध एयर यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ। नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरी देखि रात्रीकालिन उडान पनि गर्नेछ।

अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ। बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ । निकट भविष्यमै बुद्ध एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ।


प्रकाशित : बुधबार, पुस १३ २०७९०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend