शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १३ २०७९
क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति

त्यस्तै जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौं- कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । पुस ९ गते शनिबार भएको महासंघको २९औं वार्षिक साधारणसभा एवं १४ औं महाधिवेशनले रणजितकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि ७४ जिल्ला र सातै प्रदेशका शखा समितिमा अधिवेशन सम्पन्न भएको थियो।

नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चयन भएका थिए भने अन्य सदस्य पदाधिकारीका लागि चुनाव भएको थियो।

यसअन्तर्गत महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी निर्वाचित भएका थिए। त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भएका छन्।

त्यस्तै महासंघको महासचिवमा चिरञ्जीवी अधिकारी, कोषाध्यक्षमा नवीन जोशी निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएका छन्।

त्यस्तै जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) चयन भएका छन्।

त्यस्तै लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएको महासंघले जानकारी दिएको छ।

 


प्रकाशित : बुधबार, पुस १३ २०७९०४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend