बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जलवायु अनुकूलनको क्षेत्रमा सन् २०३० सम्म  सय अर्ब डलर लगानी गर्ने एडीबीको घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
जलवायु अनुकूलनको क्षेत्रमा सन् २०३० सम्म  सय अर्ब डलर लगानी गर्ने एडीबीको घोषणा 

बैंकले सन् २०१९- २०२१ को बीचमा १७ अर्ब जलवायु सम्बन्धि लगानी भएको बताएको छ। 

काठमाडौं- एसियाली विकास बैंकले(एडीबी) जलवायु परिवर्तन सम्बन्धी आफ्नो महत्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ। बैंकले आगामी दश वर्षभित्र सय अर्ब लगानी लगानी गर्ने  घोषणा गरेको छ। 

सन् २०१९-२०३० भित्र बैंकले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सय अर्ब लगानी पुर्‍याउने घोषणा गरेको हो।

'जलवायु संकट दैनिक खराब हुँदै गएको छ। यसले गर्दा तत्काल लगानीको माग गरेको छ। लगानीको लक्ष्य भेट्टाउनका लागि हामी सन् २०३० भित्र सय अर्ब डलर लगानी परिचालन गर्ने छौं' एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले भनेका छन्।

सन् २०१८ मा बैंकले आफ्नो कूल सञ्चालनको ७५ प्रतिशत लगानी जलवायु परिवर्तन सम्बन्धी हुने र कम्तिमा सन् २०३० सम्म ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेको थियो। 

बैंकले सन् २०१९- २०२१ को बीचमा १७ अर्ब जलवायु सम्बन्धि लगानी भएको बताएको छ। 

विकासोन्मुख सदस्य राष्ट्रहरुमा बैंकले यो दशकम पाँच क्षेत्रमा लगानी गर्ने बताएको छ। बैंकले ठूलो हिस्सा उर्जा भण्डारण, उर्जा किफायति, न्यून कार्वन यातायातका क्षेत्रमा ६६ अर्ब डलर लगानी हुने अनुमान गरेको छ। 
climatefinanceing.jpeg

जलायु अनुकूलन परियोजनाहरुमा लगानी बढाउने बैंकको अर्को लक्ष्य छ। सरी पूर्वाधारहरु खानेपानी, कृषि जस्ता क्षेत्रमा जलवायु अनुकूलन   डिजाइनलाई प्राथमिकता दिने र यस्तो क्षेत्रमा ३४ अर्ब डलर स्रोत परिचालन हुने बैंकको प्रक्षेपन छ। 

त्यस्तै निजी क्षेत्रबाट सञ्चालन हुने आयोजना तथा पूर्वाधारलाई पनि जलवायु अनुकूलन बनाइने, कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्रको हरित पुनरुत्थान  र सदस्य राष्ट्रहरुलाई नीतिगत सुधारका लागि लगानी बढाउँदै जाने बैंकले बताएको छ। 


 

 


प्रकाशित : बुधबार, असोज २७ २०७८०४:४७
  • सम्बन्धित विषय:

  • # ADB
  • # climate
  • # 100billion
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend