बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केएफसीको १५ ‌औँ शाखा काठमाडौं मलमा, अब धरान र बुटवलमा विस्तार हुँदै

आइतबार, पुस १० २०७९
केएफसीको १५ ‌औँ शाखा काठमाडौं मलमा, अब धरान र बुटवलमा विस्तार हुँदै

२ हजार ३ सय  ४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एकपटकमा ७० जना ग्राहकहरूले सेवा लिन सक्ने केएफसीले जनाएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी नेपालले आक्रमक बजार विस्तार गरिरहेको छ। बजार विस्तारकै क्रममा केएफसी नेपालले १५ औँ शाखा विस्तार गरेको हो। जुन काठमाडौं मलमा खोलेको हो।

केएफसी नेपालको लागि आधिकारिक फ्रेन्चाइनर देवयानी इन्टरनेश्नलले नेपाल प्रालिले नेपालमै पहिलो केएफसी फ्ल्यास्कसिफ स्टोर सञ्चालनमा ल्याएको हो।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। यस आउटलेटमा केएफसीमा विभिन्न चिकेनको परिकार पाइन्छ।

1 (3).jpeg

शाखा सञ्चानलसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्षमा केएफसी सेलिब्रेसन मेलालगायतका अफर समेत ल्याएको छ।

२ हजार ३ सय  ४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एकपटकमा ७० जना ग्राहकहरूले सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

रेष्टुरेन्टले हाल बिहान ९ बजे बाट रातको  ९ बजे सम्म डाइन इन र टेक अवे मार्फत सेवा दिइरहेको छ।

जहाँ भाटभटेनी त्यहाँ केएफसी जहाँ भाटभटेनी त्यहाँ केएफसी

साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर समेत अर्डर लिन पाइने कम्पनीले जनाएको छ। यस रेष्टुरेन्टले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ। कम्पनीले अब धरान र बुटबलमा शाखा विस्तारको योजनामा काम गरिरहेको छ।


प्रकाशित : आइतबार, पुस १० २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend