शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गैरकानूनी आयात र बिक्री भएका मोबाइल सेट अब नचल्ने, विदेशबाट आउनेले ल्याएको मोबाइल कसरी दर्ता गर्ने?

आइतबार, पुस १० २०७९
गैरकानूनी आयात र बिक्री भएका मोबाइल सेट अब नचल्ने, विदेशबाट आउनेले ल्याएको मोबाइल कसरी दर्ता गर्ने?

काठमाडौं- मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रूपमा लागू गरेको एमडीएमएस पुस १५ गतेबाट पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको छ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्र भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ डिजिटको आईएमइईआई नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गतेदेखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्र सहित राहदानि/ नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा गई दर्ता गर्न प्राधिकरणले सूचना जारी गरेको छ।

नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोहीअनुरूप यकिन गरेर मात्र खरिद गर्नका साथै मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिइ प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण प्राधिकरणले सूचित गराएको छ।

यसरी गर्न सकिन्छ दर्ता

व्यक्तिगत रुपमा विदेशबाट ल्याएका फोन दर्ता गर्नका लागि सबैभन्दा पहिला https://eir.nta.gov.np/ मा जानुपर्छ। 

यो वेबसाइटमा गएपछि तलको जस्तो इन्टरफेस देखिन्छ। 

kyc.png

यसमा गएर सबैभन्दा पहिला साइअप गर्नुपर्छ। अथवा त्यहाँ रहेको हेल्पमा क्लिक गर्दा प्राधिकरणको सम्पर्क नम्बर आउँछ। त्यहाँ फोन गरेर सल्लाह माग्न पनि सकिन्छ। 

साइनअपमा क्लिक गरेपछि व्यक्तिग हो कि आयातकर्ता हो? भनेर विकल्प आउँछ। यसमा व्यक्तिगत रुपमा ल्याएको मोबाइल दर्ता गर्नका लागि रातो रंगको बटममा क्लिक गर्ने।

signup.png

यहाँ क्लिक गरेपछि तलको जस्तो इन्टरफेस आउँछ। 

final.png

निवेदन दिने व्यक्ति नेपाली कि विदेशी भन्ने विकल्प आउँछ। त्यसमा क्लिक गर्ने। त्यसपछि मोबाइलको कुन परिचय राख्ने हो। जस्तो आईएमईआई वा सिरियल नम्बर वा उत्पादन नम्बर। त्यसमा सजिलोका लागि आईएमईआई नम्बर छनौट गर्न सकिन्छ। 

त्यसपछि मोबाइलको ब्रान्ड नाम राख्नुपर्छ। मोडल नम्बर एन्ड्रोइड मोबाइलको सेटिङमा गएर अबाउट फोनमा जाँदा सहजै भेट्न सकिन्छ। त्यसपछि आईएमआई नम्बर राख्ने। निवेदको नाम, ठेगना, सम्पर्क नम्बर र नागरिकता वा अन्य परिचयपत्रको नम्बर राख्ने र सोही परिचयपत्रको स्क्यान कपी अपलोड गर्ने। 

यसरी अपलोड गर्नेवित्तिकै निवेदकको काम सिकन्छ। यसरी दर्ता प्रक्रिया सकिन्छ। 

भन्सारको नियमअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुले  एउटासम्म फोन ल्याउन पाउँछन्। तर भन्सार अधिकृतले व्यक्तिको आर्थिक अवस्था, परिवारको संख्या हेरि सीमाभन्दा बढी ल्याउँदा पनि छुट दिँदै आएका छन्। तर कानूनअनुसार अहिलेसम्म एउटा फोन ल्याउन पाइन्छ।


प्रकाशित : आइतबार, पुस १० २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend