शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पुस १५ देखि दर्ता नभएका मोबाइलमा नेटवर्क नचल्ने 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ९ २०७९
पुस १५ देखि दर्ता नभएका मोबाइलमा नेटवर्क नचल्ने 

दूरसञ्चार प्राधिकरणले पुस १५ पछि प्रणालीमा दर्ता नभएका र भन्सारमा घोषणा नभएमा मोबाइलमा नेटवर्क नचल्ने बताएको छ। 

काठमाडौं-  नेपालमा पुस १५ देखि पूर्णरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु हुने भएको  छ। 

दूरसञ्चार प्राधिकरणले पुस १५ पछि प्रणालीमा दर्ता नभएका र भन्सारमा घोषणा नभएमा मोबाइलमा नेटवर्क नचल्ने बताएको छ। 

प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रूपमा लागु गरेको एमडीएमएस पुस १५ गते देखि पूर्णरूपमा कार्यन्वयन हुने जानकारी दिएको छ। 

यसका साथमा विदेशबाट आउने नेपालीहरुले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदौ भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ डिजिटको आईएमईआई नम्बर सहितको) भन्सार घोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ। 

'नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdmsnta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ' प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उल्लेख गरेको छ। 

नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गर्न सकिने हुँदा सोही अनुरुप एकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता/ विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्न समेत जानकारी गराएको छ।


प्रकाशित : शनिबार, पुस ९ २०७९०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend