शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मोबाइल र ल्यापटपको आयात घट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ८ २०७९
मोबाइल र ल्यापटपको आयात घट्यो 

यो वर्ष ८ लाख स्मार्टफोन आयात भएका छन्। 

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा १२ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पाँच महिनामा ११ अर्ब २० करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ भने बाँकी फोन सामान्य रहेका छन्। 

साउनदेखि नै उच्च मूल्यका स्मार्टफोन आयात प्रतिबन्ध भएकाले यो वर्ष फोनको आयात घटेको छ। गत वर्षको पाँच महिनामा २२ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको थियो। 

नेपालमा आयत हुने मोबाइल फोनमा संख्यामा ६० प्रतिशत सामान्य फोन आउँछन्। ४० प्रतिशत स्मार्टफोन आउँछन्। मूल्यमा भने ११ अर्ब २० करोड मूल्यका स्मार्टफोन आएका छन् भने अरु फोन जम्मा १ अर्ब १६ करोडका। 

यो वर्ष ८ लाख स्मार्टफोन आयात भएका छन्। 

पाँच महिनामा २१ करोड रुपैयाँका १ लाख ४४ हजार ४६६ स्मार्टवाच भित्रिएका छन्। पछिल्लो समय स्मार्टवाचको प्रयोग बढ्दो रहेको छ। मुख्य स्मार्टफोन ब्रान्डले नै स्मार्टवाच ल्याइरहेका छन्। 

२३ करोड रुपैयाँका १९ लाख एइरफोन आयात भएको छ। 

यो वर्ष २ अर्ब ६० करोड रुपैयाँको ल्यापटप आयात भएको छ। पाँच महिनामा ३८ हजार ६८ वटा ल्यापटप आयात भएको छ। गत वर्षको तुलनामा ल्यापटप आयात दुई तिहाइ घटेको छ। गत वर्षको पाँच महिनामा ६ अर्ब रुपैयाँको १ लाख ११ हजार थान ल्यापटप आयात भएको थियो। 

ट्यापलेट आयात पनि घटेको छ। गत वर्ष ४७ करोड रुपैयाँको ट्याबलेट आयात भएकोमा यो वर्ष जम्मा ५ करोड रुपैयाँको आयात भएको छ। 


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend