बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँच महिनामा २० प्रतिशतले घट्यो आयात

बिहीबार , पुस ७ २०७९
पाँच महिनामा २० प्रतिशतले घट्यो आयात

सरकारी कडाइ तथा मागमै आएको कमीका कारणले आयात निरन्तर घटीरहेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष आयात २० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिमा ८ खर्ब ३८ अर्ब ४०  करोड रुपैयाँको आयात भएको थियो। 

यो अवधिमा  ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भउको छ। गत वर्षको तुलनामा निर्यात पनि ३४ प्रतिशतले घटेको छ। गएको वर्ष यही समयमा १ खर्ब रुपैयाँको निर्यात भएको थियो। 

आयात र निर्यात दुबै घटेको समयमा व्यापार घाटा पनि ओरालो लागेको छ। विभागको तथ्यांक अनुसार यो वर्षको पाँच महिनामा ५ खर्ब ९७ अर्बको  व्यापार घाटा कायम भएको छ। यो गत वर्षको तुलनामा १८ प्रतिशतले न्यून हो। 

गत वर्षको सुरुदेखि नै आयात बढेपछि सरकारले आयात घटाउनका लागि विभिन्न नीतिगत उपकरण प्रयोग गरेको थियो। आयातका लागि हुने कर्जा प्रवाहमा कडाइ गर्नेदेखि लिएर सीमित वस्तुको आयातमा रोक लगाउनेसम्मका नीति सरकारले लिएको थियो। 

सरकारी कडाइ तथा मागमै आएको कमीका कारणले आयात निरन्तर घटीरहेको छ। 

पाँच महिनामा सबैभन्दा धेरै इन्धनको आयात भएको छ। विभागको तथ्यांक अनुसार यो अवधिमा १ खर्ब ३४ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। त्यस्तै दोस्रो धेरै आयात हुनेमा स्टिल रहेको छ। पाँच महिनामा ५१ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ। 

वस्तु पाँच महिनामा आयात मूल्य 
पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब
फलाम तथा स्टिल ५१ अर्ब 
वनस्पति तेल  ४५ अर्ब
विद्युतीय उपकरण ४२ अर्ब 
मेसिनरी उपकरण ४१ अर्ब 
सुन चाँदी २९ अर्ब
प्लास्टिक २५ अर्ब
सवारी साधन २३ अर्ब
खाद्यन्न २० अर्ब 
औषधि १९ अर्ब


प्रकाशित : बिहीबार , पुस ७ २०७९१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend