बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रेसिडेन्ट बिजनेस ग्रुपले खोल्यो बत्तिस पुलतीमा १४औं आउटलेट, ३० जना फरक क्षमताका व्यक्ति सहित २ सयलाई रोजगारी

बिहीबार , पुस ७ २०७९
प्रेसिडेन्ट बिजनेस ग्रुपले खोल्यो बत्तिस पुलतीमा १४औं आउटलेट, ३० जना फरक क्षमताका व्यक्ति सहित २ सयलाई रोजगारी

आउटलेटको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले छरिएर रहेको लगानीलाई एकिकृत गर्दै पर्यटन क्षेत्रमा यो समूहले गरेको कार्य सकारात्मक रहको बताए।

काठमाडौं- नेपाली मौलिक खानाको प्रवर्द्धन गर्दै आइरहेको प्रेसिडेन्ट बिजनेस ग्रुपले बुधबारदेखि काठमाडौं बत्तिसपुतलीमा १४औं आउटलेटको सञ्चालनमा ल्याएको छ। २०६२ सालबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय क्षेत्रमा प्रवेश गरी चेनसहितको व्यवसाय सञ्चालन गरेको समूहले नयाँ आउटलेट खोलेको हो। 

समुहले हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी उद्योग र नेपाली स्वादको प्रवर्द्धन न सहित खानाका पारखिहरुलाई स्वादिष्ट परिकारहरु पस्किदै आइरहको छ।

आउटलेटको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले छरिएर रहेको लगानीलाई एकिकृत गर्दै पर्यटन क्षेत्रमा यो समूहले गरेको कार्य सकारात्मक रहको बताए। उनले नेपाली मौलिक खानाको माध्यमबाट नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन, रोजगारी सिर्जना तथा फरक क्षमताका मानिसहरूलाई समेत रोजगारी दिएर यो समूहले सराह्नीय कार्य गरेको बताए।  

कैलाली जिल्लाका प्रदेश सांसद रमेश धामीले पर्यटनलाई चलायमान बनाउन र आर्थिक विकासका लागि राज्यले लगानी मैत्री वातावरण सिर्जना गरिदिनु पर्ने उल्लेख गरे। कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, महासंघका संस्थापक अध्यक्ष अमृत भुजेल लगायतले शुभकामना इवक्त गर्दै  पछिल्ला दिनहरुमा व्यवसायको प्रकृती परिवर्तन भएको बताउँदै एकल लगानीबाट गर्न नसकिने कामहरु समूहबाट गर्न सकिने बताए। 

pre res.jpg

२०६२ सालदेखि प्रेसिडेन्ट बिजनेस ग्रुपको नामबाट हस्पिटालिटीको क्षेत्रमा काम गर्दै आएको यो समूहले सस्तो र गुणस्तरियता कायम गर्दै नेपाली मौलिक खानाको प्रवद्धन गर्दै आएको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए।  

‘युवालाई नेपालमै रोजगार प्रदान गर्नुपर्छ भन्ने मान्यताकासाथ हामीले काम गरेका छौं। यस्तै हामीले करिब ३० जना फरक क्षमता भएका व्यक्ति हाल करिब २५० जनालाई प्रत्यक्ष रोजगारीमा जोडेका छौं। देशको पर्यटन विकासमा हाम्रो पनि  प्रयास जारी छ,’  उनले भने। सेकुवालाई सिग्नेचर डिसका रुपमा ब्रान्डिङ गरेको यस आउटलेटमा सेकुवाका साथै सबै प्रकारका (मल्टिक्वीजेन) खानेकुरा पाइने उनले जानकारी दिए।

रेष्टुरेन्टमा भित्र र बाहिर दुबैतर्फ बसेर पारिवारिक वातावरणमा सेकुवा, कफी, लन्च, डिनर खान मिल्ने सुविधा रहेको, प्याकिङ र होम डेलिभरीको पनि व्यवस्था सहित करिब १५० जना अटाउने हल पनि रहेको होटेल व्यवसायी महासंघका केन्द्रीय सचिवसमेत रहेका भण्डारीले बताए। विभिन्न सामाजिक कार्य समेतलाई अगाडि बढाउँदै आएको यो समूहले बुधबार नै बत्तिसपुलीमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend