शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्मार्ट वाटर मार्क प्रविधि अब भरतपुरमा पनि, दियालोले विकास गर्दै पूर्ण अटोमेशनको स्मार्ट प्रविधि

सोमबार, पुस ४ २०७९
स्मार्ट वाटर मार्क प्रविधि अब भरतपुरमा पनि, दियालोले विकास गर्दै पूर्ण अटोमेशनको स्मार्ट प्रविधि

काठमाडौैं-फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ। टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो। 

कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैं प्रोत्साहन गरेको धारणा व्यक्त गरे। यस्तै कार्यक्रममा अतिथिहरुले मन्तव्यमा दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधिको प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको धारणा व्यक्त गरेका छन्। 

खानेपानीका उपभोक्तालाई डिजिटल माध्यमबाट संस्थागत कारोबार र अन्तरक्रिया गरी प्रविधिमा पहुच दिइएकोे साथै संस्थाको कारोबार पारदर्शी बनाई खानेपानी व्यवस्थापनमा सहयोग गरिरहेको धारणा व्यक्त गरेका छन्। 

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ। दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो। यस कार्यक्रममा मकवानपुर, चितवन र नवलपुर जिल्लाका ८० वटा खानेपानीका १५० जना पदाधिकारी र व्यवस्थापकहरुको सहभागिता थियो। 

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो  प्रणालीको विकास गरेको हो। स्मार्ट वाटर प्रविधिको भरतपुर नगरपालिका  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा विस्तार गरिएको हो।

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली,एन.आर.डब्लु  (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन,इलेक्ट्रो म्याग्नेटिक पm्लोमिटर,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ। 

यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

 


प्रकाशित : सोमबार, पुस ४ २०७९११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend