शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

नेपालको सबैभन्दा ठूलो धागो उत्पादक रिलायन्स स्पिनिङको आम्दानी ३ वर्षमा ६१ प्रतिशत बढ्यो 

आईपीओ जारी गर्न लागेको उद्योगले नयाँ प्रविधिसहित क्षमता विस्तार गर्दै, नगद अनुदानले बढ्यो उत्साह 

images
सोमबार, पुस ४ २०७९
images
नेपालको सबैभन्दा ठूलो धागो उत्पादक रिलायन्स स्पिनिङको आम्दानी ३ वर्षमा ६१ प्रतिशत बढ्यो 

पछिल्लो आर्थिक शिथिलताकै बीचमा कम्पनीको व्यापार भने फस्टाएको छ। 

images
images

काठमाडौं- नेपालको सबभन्दा ठूलो धागो उत्पादक रिलायन्स  स्पिनिङ मिलको आम्दानी गएको तीन वर्षमा ६१ प्रतिशतले बढेको छ। कम्पनीले गराएको क्रेडिट रेटिङ प्रतिवेदनमा उल्लेख गरिएको जानकारी अनुसार कम्पनीले पछिल्लो तीन वर्षमा आम्दानीमात्र होइन मार्जिन पनि बढाएको छ। 

images
images
images

सन् २०२० मा कम्पनीले ६ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछिको वर्ष ७ अर्ब ७९ करोड आम्दानी गरेको थियो। सन् २०२२ मा भने कम्पनीले १० अर्ब १० करोडको आम्दानी हुने प्रक्षेपन गरेको छ। तीन वर्षमा कम्पनीको आम्दानी तीव्रब रुपमा विस्तार भएको छ। 

images
images

पछिल्लो आर्थिक शिथिलताकै बीचमा कम्पनीको व्यापार भने फस्टाएको छ। 

images
images

ब्यापार मात्र होइन पछिल्लो समय प्रत्येक क्षेत्रका उद्योगको मार्जिन घटेको छ। उद्योग तथा सेवा क्षेत्रको लागत उच्च हुँदा मार्जिन गिरावट आएपनि रिलायन्सको भने मार्जिनमा पनि सुधार हुँदै आएको छ। कर तथा ह्रासकट्टीअघिको आम्दानीमा नाफाको हिस्सा यो वर्ष १७.३६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। जबकी तीन वर्षहिले यस्तो प्रतिशत जम्मा १२.६७ प्रतिशत थियो। 

निर्यातमा आधारित उत्पादन र कम्पनीको वित्तीय अनुशासनले कम्पनीको वित्तीय स्थिरता देखिएको सञ्चालक पवन गोल्यान बताउँछन्। 

'हाम्रो २५ वर्षको वित्तीय विवरण हेर्दा पनि यो देखिन्छ। हामी वित्तीय रुपमा एकदमै अनुशासित छौं अर्कोतिर हाम्रोमा कहिलै पनि हड्ताल भएको छैन। यस्तै कारणले गर्दा हाम्रो उच्च मार्जिन पनि हुँदैन जस्तोसुकै अवस्थामा पनि खस्किँदैन' उनले भने। 

सरकारले यही वर्षदेखि निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान दिने व्यवस्था गरेपछि उद्योगको उत्पादन क्षमता अझै बढ्ने छ। प्राय सबै धागो उद्योगले आफ्नो क्षमता बढाउने र रिलायन्सले पनि आगामी २/३ वर्षमै दोबर बनाउने छ। 

यो अनुदान नीति आउनु पहिले नै आक्रामक व्यापार विस्तार गर्न सफल भएको उद्योगले क्षमता विस्तारमात्र होइन प्रविधि पनि भित्र्याइरहेको छ। दुई फेजमा क्षमता विस्तारको काम गरिरहेको उद्योगले ३ अर्ब ८७ करोड दीर्घकालीन ऋण लिनका लागि रेटिङ गराएको छ। यस्तो ऋणका लागि कम्पनीले ए माइनस रेटिङ पाएको छ। 

सन् १९९४ मा स्थापना भएको रियालन्स स्पिनिङ मिलले विभिन्न प्रकारका धागो उत्पादन गर्दै आएको छ। सुनसरीको खनार र दुहबीमा प्लान्ट भएको यो उद्योगको कूल क्षमता वार्षिक ४० हजार ६८० टन रहेको छ। 

गएको एक अर्ब ४० करोड लगानी गरेर सिन्थेटिक स्पुन धागो उत्पादन युनिट स्थापना गरेको उद्योगले अहिले वार्षिक ८ हजार २८० टन उत्पादन क्षमता भएको प्लान्ट विस्तार गरिरहेको छ। नेपालकै सबैभन्दा ठूलो धागो उत्पादक रियालन्स नेपालबाट सबैभन्दा धेरै निर्यात गर्ने उद्योग पनि हो। बहुराष्ट्रिय कम्पनीपछि रियालन्स नै सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी हो। यो वर्ष नै साढे सात अर्बभन्दा बढीको निर्यात हुने गोल्यानको भनाइ छ। 

उद्योगको क्षमता विस्तार गर्दा नयाँ प्रविधिकले प्रतिस्थापन गरिने गोल्यानको भनाइ छ। गुणस्तरीय धागो उत्पादन तथा लागत न्यूनीकरण गर्न सहयोगी हुनेगरी नयाँ प्रविधि ल्याइएको  उनले बताए। 

नयाँ भित्रिएको जापानी प्रविधिले परम्परागत शैलीभन्दा फरक तरिकाबाट धागो उत्पादन गर्छ। यसले गुणस्तरीय कपडा उत्पादनमा सहयोग गर्ने उनको भनाइ छ।यसरी उत्पादन भएको धागोमा भुवा नआउने उनको दाबी छ। अहिलेसम्मको प्रविधिबाट उत्पादित धागो, विशेषगरी कटनमा भुवा आउँथ्यो।

यसरी कटनमै पनि भुवा न्यूनीकरण गर्ने धागो उत्पादन हुँदा विदेशी बजारमा नयाँ 'सेग्मेन्ट' को बजार बनाउने उनको भनाइ छ। यो हिसाबले उद्योगको नाफामा पनि वृद्धि हुने भयो। अर्कोतिर नेपाली कपडामा यो प्रविधिबाट उत्पादित धागो प्रयोग भए गुणस्तरीय हुनेछ। नेपाली कपडा उद्योगका लागि विदेशी कपडासँग प्रतिस्पर्धा गर्ने यो अवसर हुने उनको दाबी छ।

अल्लो धागोको प्रसोधन अहिले नै सुरु गरेको उद्योगले दोस्रो चरणको क्षमता विस्तारबाट अझै राम्रो हुने छ। नेपालको नेचुरल फाइबर व्यावसायिक उत्पादनका लागि उपयुक्त नहुँदा विदेशमा लगेर प्रशोधन गरिन्थ्यो। २ अर्ब बढीको लगानीमा भइरहेको अहिलेको क्षमता विस्तार अबको २/४ महिनामा पूरा हुने उनको भनाइ छ। यो परियोजना सम्पन्न भएमा नेपालकै प्राकृतिक धागोको प्रशोधन हुने उनको भनाइ छ। 

अल्लोमा कटनजस्तै अरू कपडाको मिश्रणबाट धागो बनाइन्छ। भविष्यमा नेपालमै उत्पादन हुने कटनको मिसावटबाट प्राकृतिक कपडा उत्पादन गरिने गोल्यानले जानकारी दिए।  

रिलायन्सले सर्वसधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको छ। बुकबिल्डिङको माध्यमबाट सर्वसधारणलाई १० प्रतिशत सेयरा जारी गर्नका लागि उद्योगले नियामक धितोपत्रमा आवेदन दिइसकेको छ। 


प्रकाशित : सोमबार, पुस ४ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend