बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अमेरिकी बजारमा गोल्डस्टारको प्रवेश 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
अमेरिकी बजारमा गोल्डस्टारको प्रवेश 

अमेरिकाका विभिन्न सहरमा गोल्डस्टारका आउटलेट खुल्नेछन्। ती आउटलेटबाट बिक्री वितरण हुने कम्पनीले जानकारी दिएको छ। पहिलो आउटलेट न्यूयोर्कमा हुने छ। 

काठमाडौं- नेपालको फुटवेयर ब्रान्ड गोल्डस्टार अमेरिकी बजारमा प्रवेश गरेको छ। नेपाल, भारत र खाडी मुलुकहरूमा बिक्रीवितरण भइरहेको गोल्डस्टार आधिकारिक रुपमा अमेरिकी बजारमा प्रवेश गरेको हो। 

गोल्डस्टारको उत्पादक कम्पनी किरण सुजले अमेरिकामा बिक्री वितरणका आफ्नो उत्पादन अमेरिकमा सार्वजनिक गरेको छ। औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले उत्पादन अमेरिकी बजारमा सार्वजनिक गरेको हो। 

अमेरिकाका विभिन्न सहरमा गोल्डस्टारका आउटलेट खुल्नेछन्। ती आउटलेटबाट बिक्री वितरण हुने कम्पनीले जानकारी दिएको छ। पहिलो आउटलेट न्यूयोर्कमा हुने छ। 

नेपाल बाहिर अस्ट्रेलियाको सिड्नीमा पनि गोल्डस्टारको आउटलेट यसअघि नै छ।  बहराइन र मलेसियामा गोल्डस्टार पुगिसकेको छ र नेपाली पुगेका धेरै ठाउँमा गोल्डस्टार पुगिसकेको छ। 

पछिल्लो समय विदेश निर्यातका लागि गोल्डस्टारले विशेष डिजाइन गर्दै आएको छ। गुणस्तर कायमदेखि डिजाइनसम्मका लागि नयाँ प्रविधिमा काम गरिरहेको  कम्पनीले जानकारी दिएको छ। 

 

 


प्रकाशित : मंगलबार, असोज २६ २०७८०४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend