शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पाँच मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमको मोबाइल डेटा नि:शुल्क

बुधबार, मंसिर २८ २०७९
पाँच मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमको मोबाइल डेटा नि:शुल्क

बैंकहरूले आफ्ना ग्राहकलाई सजिलै मोबाइल बैंकिङ प्रयोग गर्नका लागि उत्प्रेरित गर्नका लागि यस्तो सम्झौता गरेका छन्। 

काठमाडौं- वाणिज्य बैंकहरूले डिजिटल भुक्तानी प्रबर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंककै निर्देशन तथा प्राथमिकता अनुसार बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीमा ग्राहकलाई अभ्यस्त बनाउनका लागि विभिन्न अफर ल्याइरहेका छन्। 

अनलाइनबाट हुने भुक्तानीमा प्राविधिक जानकारीसँगै इन्टरनेटको पहुँच र सस्तो मूल्य मुख्य हुन्छ। भुक्तानी लागतलाई बढाउने काम इन्टरनेटले पनि गरिरहेको हुन्छ। 

भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्कसँगै इन्टरनेटको पनि लागत हुने भएकाले  ग्राहकमा आकर्षण धेरै नहुनेमा बैंकर तथा राष्ट्र बैंक जानकार छन्। भुक्तानी लागतलाई घटाउनका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरूले नि:शुल्क इन्टरनेटको व्यवस्था गर्न थालेका छन्। 

केही वाणिज्य बैंकले यस्तो सुरुवात गरिसकेका छन्। 

पाँचवटा वाणिज्य बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन चलाउनका लागि इन्टरनेट शुल्क नलाग्ने व्यवस्थाका लागि नेपाल टेलिकमसँग सम्झौता गरेका छन्। 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार हालसम्म नेपाल टेलिकमले नि:शुल्क डेटाका लागि पाँचवटा बैंकसँग सम्झौता गरेको छ। 

सरकारी स्वामित्वको टेलिकमले ग्लोबल आईएमई बैंक, नेपाल बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक र सीभील बैंकसँग सम्झौता गरिसकेको छ। बैंकहरूले आफ्ना ग्राहकलाई सजिलै मोबाइल बैंकिङ प्रयोग गर्नका लागि उत्प्रेरित गर्नका लागि यस्तो सम्झौता गरेका छन्। 

यी पाँचवटा बैंकका मोबाइल बैंकिङ एप नेपाल टेलिकमको नेटवर्कमा डेटा खोलेर चलाउँदा शुल्क लाग्दैन। अर्थात् नेपाल टेलिकमको मोबाइल डेटा खोलेर यी पाँचवटा बैंकको एप चलाउँदा पैसा लाग्दैन। 

तर यदि मोबाइलमा ब्याकग्राउन्डमा खुलै रहेका र इन्टरनेट खपत गर्ने एप छन् भने त्यस्ता एपका कारणले शुल्क काट्नसक्छ। यसका लागि प्रयोगकर्ताले ब्याकग्राउन्ड एप बन्द गर्नुपर्छ। यसले गर्दा अरु समयमा डेटा खोल्दा पनि किफायति हुन्छ। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend