बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६ वर्षमा रोजगारीका लागि वैधानिक बाटो हुँदै अफगानिस्तान पुगे ८ हजार नेपाली

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
६ वर्षमा रोजगारीका लागि वैधानिक बाटो हुँदै  अफगानिस्तान  पुगे ८ हजार नेपाली

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३देखि गत आर्थिक वर्ष २०७७/०७८ रोजगारीका लागि भन्दै विभिन्न माध्यमबाट वैधानिक रुपमै अनित श्रम स्वीकृती लिएर ८ हजार भन्दा बढी युवा अफगानिस्तान पुगकेका छन।

काठमाडौं- पछिल्लो ६ वर्षमा नेपालबाट रोजगारीका लागि  ८ हजार ५७ युवा अफगानिस्तान पुगेको छन्।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ देखि गत आर्थिक वर्ष २०७७/०७८ रोजगारीका लागि भन्दै विभिन्न माध्यमबाट वैधानिक रुपमै अनित श्रम स्वीकृती लिएर ८ हजार भन्दा बढी युवा अफगानिस्तान पुगकेका छन।

कारोनाकै समय आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १ हजार ७३ जना कामदार अन्तिम श्रम स्वीकृति लिँदै रोजगारीका लागि अफगानिस्तान पुगेका छन्।अफगानिस्तानका अधिकांश ठाउँमा नेपाली जान पाउँदैनन्। केही ठाउँमा भने सरकारी अनुमतिमै जान पाउँछन्।

अफगानिस्तान जाने कामदारमा सबैभन्दा बढी एक पटक अफगानिस्तान गइ बिदामा नेपाल आउनेको संख्या बढी छ। तर,अफगानिस्तानमा द्वन्द्व चर्किएसँगै नेपालीको उद्धार गर्नुपर्ने आवाज उठेको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend