शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इन्टरनेटको गुणस्तर मापण गर्दै प्राधिकरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २६ २०७९
इन्टरनेटको गुणस्तर मापण गर्दै प्राधिकरण

प्रादेशिक सहरलाई लक्षित गर्दै गुणस्तर मापणका लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको गुणस्तर मापण गर्ने भएको छ। 

देशभर तारको माध्यमबाट इन्टरनेट सेवा दिइरहेका आईएसपीहरूको इन्टरनेट सेवाको गुणस्तर मापण गर्नका लागि प्राधिकरणले परामर्शदाता आव्हान गरेको छ। 

प्रादेशिक सहरलाई लक्षित गर्दै गुणस्तर मापणका लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। 

इन्टरनेट सेवाको विस्तार तीव्र भएपनि सेवाको गुणस्तरका बारेमा धेरै गुनासो आएपछि नियामक प्राधिकरण आफैले अध्ययन गर्न थालेको हो। 

गुणस्तर मापणका लागि प्राधिकरणले तीन वटा प्याकेजमा परामर्शदाता नियुक्त गर्ने भएको छ। मधेस प्रदेश र १ नम्बर प्रदेश, बागमती र गण्डकी र लुम्बनी, कर्णाली र सुदूरपश्चिम गरी प्याकेज निर्धारण गरेको छ। 

छानिएका परामर्शदाताले इन्टरनेट सेवाको प्राविधिक परीक्षण गर्नुपर्ने छ। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend