बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चौधरी समूहले किन्यो युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

सोमबार, मंसिर २६ २०७९
चौधरी समूहले किन्यो युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

युनियन बैंक अफ कोलम्बो (यूबीसी)को ७६ करोड ८० लाख कित्ता अर्थात् ७०.८४ प्रतिशत सेयर चौधरी समूहले खरिद गरेको सार्वजनिक भएको छ। 

काठमाडौं- नेपालको चौधरी समूह अन्तर्गतको एउटा कम्पनीले श्रीलंकन बैंकको सेयर खरिद गरेको छ। 

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद तथा उद्योगी विनोद चौधरी अध्यक्ष रहेको समूह अन्तर्गतको कम्पनीले श्रीलंकामा रहेको युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेको हो। 

श्रीलंकाको आठौँ ठूलो बैंकको सेयर चौधरी समूहले खरिद गरेको हो। युनियन बैंक अफ कोलम्बो (यूबीसी)को ७६ करोड ८० लाख कित्ता अर्थात् ७०.८४ प्रतिशत सेयर चौधरी समूहले खरिद गरेको सार्वजनिक भएको छ। 

गत डिसेम्बर १ मा कोलम्बो स्टक एक्सचेन्जका प्रमुख नियामकीय अधिकृतलाई युनियन बैंक अफ कोलम्बोको सेयर खरिदबारे जानकारी दिइएको थियो। कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको एक्लो माउ कम्पनी टीपीजी एसिया एसएफ प्रालिले सो निर्णय गरेको हो। टिपीजी एसिया एसएफ प्रालि सिंगापुरस्थित एसेट म्यानेजमेन्ट कम्पनी हो।

बैंकको सेयर सदस्य कल्चर फाइनान्सियल होल्डिंग्स र अर्को सेयर सदस्य टीपीजी एसिया भीआई एसएफ प्रालि सेयर बिक्री तथा खरिद सम्झौतामा जोडिएको र आफ्नो सबै सेयर सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिलाई बिक्री गर्ने सम्झौता गत नोभेम्बर ३० मा भएको हो।

बैंक कोलम्बो स्टक एक्सचेन्जमा पनि सूचीकृत छ।  २०२२ को तेस्रो त्रैमासको तथ्यांकअनुसार बैंकको चुक्ता १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपैयाँ छ। कुल एक अर्ब ८ करोड ३५ लाख कित्ता सेयर सूचीकृत छ।

colombo.JPG

 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend