शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पैसा तिरेर ट्विटर खाता भेरिफाइ गर्न मिल्ने सेवा फेरि सुरू हुँदै , एप्पल प्रयोगकर्तालाई धेरै शुल्क लाग्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २५ २०७९
पैसा तिरेर ट्विटर खाता भेरिफाइ गर्न मिल्ने सेवा फेरि सुरू हुँदै , एप्पल प्रयोगकर्तालाई धेरै शुल्क लाग्ने 

यो सेवा लिने प्रयोगकर्ताले ट्विटको सम्पादन गर्न पाउनेछन्। त्यस्तै उच्च गुणस्तरको भिडियो अपलोड र भेरीफाइ ब्याज पनि पाउनेछन्। 

काठमाडौं- माइक्रो ब्लगिङ साइट ट्वीटरको सशुल्क सेवा ट्वीटर ब्लु फेरि सुरु हुने भएको छ। सुरुवातमै नक्कली प्रयोगकर्ताले पनि यस्तो सेवा लिएपछि रोकिएको सेवा सोमबारदेखि सुरु हुने भएको छ। 

यो सेवाका लागि प्रयोगकर्ताले प्रति महिना ८ अमेरिकी डलर तिर्नुपर्ने छ। तर एप्पलको एप्लिकेसनका लागि भने ११ अमेरिकी डलर हुने भएको छ। 

यो सेवा लिने प्रयोगकर्ताले ट्विटको सम्पादन गर्न पाउनेछन्। त्यस्तै उच्च गुणस्तरको भिडियो अपलोड र भेरीफाइड ब्याज पनि पाउनेछन्। 

पैसा तिरेर भेरिफाइ गर्न मिल्ने यस्तो सेवा सुरुमा नोभेम्बरमा आएको थियो। टेस्लाका सीईओ एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि ट्वीटरमा यस्तो सेवा आएको थियो। 

यो सेवा सेवा सुरू भएसँगै केही परिवर्तन हुने ट्वीटरले जानकारी दिएको छ। अहिले अफिसियल लेवल दिएको ठाउँमा चेकमार्क हुने छ। बिजनेस अकाउन्टका लागि गोल्ड चेकमार्क हुनेछ भने सरकारीका लागि ग्रे चेकमार्क हुने भएको छ। 

 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend