शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

निष्क्रिय ट्वीटर खाता बन्द गर्ने मस्कको घोषणा

शनिबार, मंसिर २४ २०७९
निष्क्रिय ट्वीटर खाता बन्द गर्ने मस्कको घोषणा

एक वर्षदेखि लगइन नभएका र कुनै पनि गतिविधि नगरेका त्यस्ता खाता बन्द गरिने उनले बताएका छन्। ट्वीटर खरिदको डिल सुरु भएदेखि नै उनले बोट तथा निष्क्रिय खाताका बारेमा चासो दिँदै आएका थिए। 

काठमाडौं- माइक्रो ब्लगिङ साइट ट्वीटर खरिद गरेपछि एलन मस्कले केही न केही नयाँ फैसला गरिरहेका छन्। विद्युतीय कार निर्माता कम्पनी टेस्लाकासमेत प्रमुख कार्यकारी रहेका मस्कले ट्वीटरका बारेमा लिएका निर्णय चर्चित हुने गरेका छन्। 

ट्वीटरका सन्दर्भमा मस्कले लिएका निर्णयका बारेमा संसारभर तरंग सिर्जना गरिरहेको छ। रोजगारीदेखि लिएर अभिव्यक्ति स्वतन्त्रता र समाजिक सद्भावको विषयमा मस्कका निर्णय विवादित भएका छन्। 

यसैबीच मस्कले पछिल्लो समय भने ट्वीटर प्रयोगकर्ताको विषयमा घोषणा गरेका छन्। लामो समयदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने उनले घोषणा गरेका छन्। 

'अब छिटै १ अर्ब ५० करोड निष्क्रिय ट्वीटर खाता बन्द हुनेछन्' उनले ट्वीट गर्दै घोषणा गरेका छन्। 

एक वर्षदेखि लगइन नभएका र कुनै पनि गतिविधि नगरेका त्यस्ता खाता बन्द गरिने उनले बताएका छन्। ट्वीटर खरिदको डिल सुरु भएदेखि नै उनले बोट तथा निष्क्रिय खाताका बारेमा चासो दिँदै आएका थिए। 

मस्कले ट्वीटर खरिद गरेदेखि पचास प्रतिशत कर्मचारीको कटौति गर्ने विषयले संसारभरका प्रमुख मिडियामा बहस भएको थियो। संसारभर देखिएको आर्थिक मन्दीको अवस्थामा अर्बपति व्यवसायीले केही समयको घाटा सहन नसकेर कर्मचारी कटौति गरेको भन्दै उनको आलोचना भएको थियो। 

त्यस्तै मस्कले ट्वीटरको मुख्यालयलाई होटल बनाएको भन्ने समाचार बीबीसीले प्रकाशित गरेको थियो। 

 


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend