शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आरजु राइस मिलले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

शुक्रबार, मंसिर २३ २०७९
आरजु राइस मिलले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं- आरजु राइस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन  ९०० रुपैयाँ तोकेको छ। धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्नेछ।

धान मिलमा ल्याइएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने सुनिश्चितता गरिएको छ। यसबाट किसानहरुको बैंकमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने छ। किसानलाई खेतीपातीका लागि चाहिने चालुपुँजीको जोहो पनि सजिलो हुनेछ।

आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले ‘नेपाली किसानबाहेक कहिंकतैबाट धान नभित्र्याउने’ उद्घोष गरेका छन्। उनले ‘अर्बौ खर्बौको खाद्यान्न आयातलाई अब हामी सबै मिलि निरुत्साहित गर्नुपर्ने,’ उनले भने। खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन्। विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो।

खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ। यसमा पनि धेरैजसो वर्षे धान छ। धानको खेती दुई चोटी भएमा किसानले थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी भूमिका हुनेछन्।

अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको छ। आरजु राइस मिलले किसानहरुलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ। 

आरजु राइस मिल गामघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ। यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको छ।


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend