बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अफगानिस्तानमा अलपत्र १ सय नेपालीको चार्टर उडानमार्फत उद्दार गरिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
अफगानिस्तानमा अलपत्र १ सय नेपालीको चार्टर उडानमार्फत  उद्दार गरिने

नेपाल वायुसेवा निगमले चार्टर उडानमार्फत अफगानिस्तानमा अलपत्र नेपालीको उद्दार गर्ने भएको छ। निगमले एयरवस ३२० जहाज मार्फत उडान गर्न लागेको हो।

काठमाडौं- नेपाल वायुसेवा निगमले चार्टर उडानमार्फत अफगानिस्तानमा अलपत्र नेपालीको उद्दार गर्ने भएको छ। निगमले एयरवस ३२० जहाज मार्फत उडान गर्न लागेको हो।

निगमले भदौ ११ गते चार्टर उडानमा काबुल जाने बुकिङ भएपछि निगमले परराष्ट्र मन्त्रालयको अनुमति मागेको छ। दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको छ। उक्त उडानमार्फत एक सय जना नेपालीलाई स्वदेश फर्काइने निगमले जनाएको छ।

निगमका अनुसार यो चार्टर उडानका लागि अगस्ट २७ को बुकिङ छ। यसअघि पनि निगमको जहाजले अफगानिस्तानतर्फ चार्टर उडान गरिसकेको छ। यसअघि दुर्घटनामा परी मृत्यु भएका नेपालीको शव लिनका लागि निगमको जहाजले काबुलको उडान गरेको थियो।


प्रकाशित : आइतबार, साउन ३१ २०७८११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend