शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

रिचार्ज कार्डको प्रयोग बढाउन नेपाल टेलिकमले ल्यायो प्रोत्साहन योजना  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १९ २०७९
रिचार्ज कार्डको प्रयोग बढाउन नेपाल टेलिकमले ल्यायो प्रोत्साहन योजना  

यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।

काठमाडौं- पछिल्लो समय मोबाइल प्रयोगकर्ताले अनलाइनबाटै मोबाइलमा धेरैजसो रिचार्ज गर्न थालेपछि सरकारी स्वामित्वको नेपाल टेलिकमले भने भौकित कार्ड उपयोग बढाउने रणनीतिमा गएको छ।

उपभोक्तालाई भौतिक रिचार्ज कार्डको खपत बढाउनका लागि उपभोक्तालाई प्रोत्साहन योजना ल्याएको छ।नेपाल टेलिकमले अफलाइन कार्ड खरिद गरी रिचार्ज गर्ने उपभोक्ताका लागि नि शुल्क डेटा दिने  भएको छ।

२, ५ र १ हजार रुपैयाँको रिचार्ज कार्ड खरिद गरी उपयोग गरेमा निशुल्क डेटा दिने टेलिकमले जानकारी दिएको छ।

कम्पनीका अनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिनका लागि १ जीबी डेटा  ५ सय रुपैयाँको कार्ड प्रयोग गर्दा ४ दिनसम्मका लागि ४ जीबी र हजार रुपैयाँको कार्ड प्रयोग गर्दा १० दिनसम्मका लागि १० जीबी डेटा दिने पाइने छ।

यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend