शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

रोल्पाका सुन्तला दाङका बजारमा

आइतबार, मंसिर १८ २०७९
रोल्पाका सुन्तला दाङका बजारमा

रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुग्नुभएको हो। रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडाखर्च गरेर दाङ आउनुपरेको उनले बताए। 

काठमाडौं-रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आउनुभएको छ।

रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुग्नुभएको हो। रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडाखर्च गरेर दाङ आउनुपरेको उनले बताए। 

घोराहीमा मासिक रु आठ हजारमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थालेका हुन। उनले रु चार सय ५० सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताए। 

गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो। फल राम्रोसित लागेको थिएन। यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए। ‘रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो’, उनले भने। गत वर्ष रु आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ। 

रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ। व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता बुढामगरसित छ। स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो। लामो समयसम्म भण्डारण गरेर राखे पछि महङ्गोमा बिक्री गर्न सकिने उनको भनाइ छ। 
  
घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताए। खुद्रामा प्रतिकिलो रु ८० मा सुन्तला बिक्री गर्ने गरेको उनले बताए। स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend