शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

धान–गहुँ फल्ने खेतमा अब बेसारखेती

बुधबार, मंसिर १४ २०७९
धान–गहुँ फल्ने खेतमा अब बेसारखेती
फाइल तस्बिर

विसं २०७३ मा स्थापना भएको उक्त उद्योग सुरुआतमा एक करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ। जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

तुलसीपुर- कुनै समय धानका बाला झुल्थे। गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो। तर अहिले ती खेतमा बेसार फलिरहेको छ।  

तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे। तर अहिले उनले बेसारखेती गरेका छन्। यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती गरेका छन्। उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन्। 

तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन्। ‘पहिले धान, गहुँ लगाउँथ्यौँ, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौँ’, कृषक अधिकारीले भने, ‘तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौँ।’ त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहनस्वरुप तालिम पनि प्रदान ग¥यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन्।

उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ। काँचो बेसार प्रतिकिलो रु ४० मा खरिद गर्ने गरेको छ। अधिकारीले मात्रै चार बिघा जग्गामा वार्षिक छ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गरेका छन् अधिकारी र भण्डारीजस्तै तुलसीपुरका एक सय २० किसानले अहिले बेसारखेती गर्ने गरेका छन्। ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ। 

यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताए। ‘हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ”, उनले भने। तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वासलगायतका किसानले यसरी खेती गर्ने गरेका छन्।

उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पु¥याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताए। ‘किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो,’ उनले भने, ‘यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौँ, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ।’

विसं २०७३ मा स्थापना भएको उक्त उद्योग सुरुआतमा एक करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ। जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

‘बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ’, उनले भने ’त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन ग¥यौँ भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौँ।’  अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उनको भनाइ छ।

बेसार उद्योगबाट वार्षिक रु चार करोडसम्मको कारोबार हुने गरेको छ। जसबाट पाँचदेखि सात प्रतिशत फाइदा हुने गरेको उनले बताए। अहिले वार्षिक तीन सय मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करिब एक हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। ‘अहिले धेरै जिल्लामा माग भइ पनि आएको छ’, उनले भने, ‘त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अबस्था छ।’

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ। उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसलालगायत गरी ४२ थरि मसलासमेत उत्पादन हुने गरेको छे। अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्नेसमेत बताए। 

रासस


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend