बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतले हटायो स्टिल निर्यातमा लगाएको कर

आइतबार, मंसिर ४ २०७९
भारतले हटायो स्टिल निर्यातमा लगाएको कर

पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारत सरकारले निर्यात बढाउन कर हटाइदिएको छ। 

काठमाडौं- भारत सरकारले सन् २०२२ को मेदेखि स्टिल निर्यातमा लगाएको कर हटाइदिएको छ। भारतीय अर्थमन्त्रालयले सूचना जारी गर्दै स्टिलनका विभिन्न वस्तुको निर्यातमा लगाएको कर हटाएको  छ।

भारतीय आन्तरिक बजारमा महँगी बढेको भन्दै स्टिलका विभिन्न उत्पादित वस्तु तथा कच्चा पदार्थको निर्यातमा कर बढाएर ५० प्रतिशतसम्म पुर्‍याएको थियो। 

पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारत सरकारले निर्यात बढाउन कर हटाइदिएको हो। 

स्टिल वर, वायर रड लगायतका वस्तुको निर्यातमा लगाएको कर पनि हटाएको छ। यसबाट नेपालका स्टिल उद्योग पनि लाभान्वित हुने भएका छन्। 

विशेषगरी वायर रडको निर्यातमा १५ प्रतिशत कर लागेपछि नेपालका स्टिल उद्योग प्रभावित भएका थिए। भारतबाट वायर रड आयात गरि नेपालमा जीआई पाइप, तार, किला काँटा उत्पादन गर्दै आएका उद्योग बढेको करबाट प्रभावित भएका थिए। 

भारतले कर बढाएपछि नेपालका उद्योगको उत्पादन लागत बढेको थियो।


प्रकाशित : आइतबार, मंसिर ४ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend