शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनटीटीभीका ग्राहकले विश्वकप प्याकेज खरिद गर्दा १२ जीबी डेटा पाउने 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ३ २०७९
एनटीटीभीका ग्राहकले विश्वकप प्याकेज खरिद गर्दा १२ जीबी डेटा पाउने 

यो प्याकेज खरिद गर्ने ग्राहकले २८ दिनका लागि १२ जीबी डेटा पनि पाउने भएका छन्। 

काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि फिफा विश्वकप २०२२ को प्याकेज ल्याएको छ। 

नेपाल टेलिकमको एनटीटीभीको सेवा लिएका ग्राहकहरूले हिमालयन एचडी टीभीको प्याकेज खरिद गरी विश्वकपका खेल प्रत्यक्ष हेर्न पाउने भएका छन्। 

फिफा वल्र्ड कप २०२२ हेर्नका लागि निर्धारित करसहितको ५६५ सय रुपैयाँ तिर्नुपर्ने छ। एनटीटीभीका ग्राहकले यस्तो प्याकेजको शुल्क घरबाटै तिर्न सक्नेछन्। 

यसका लागि  हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ। त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ। सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ। 

यो प्याकेज खरिद गर्ने ग्राहकले २८ दिनका लागि १२ जीबी डेटा पनि पाउने भएका छन्। 

 


प्रकाशित : शनिबार, मंसिर ३ २०७९११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend