बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वृहतको १८औँ ‘रिमा’तालिम पूरा, थप एजेन्ट प्रशिक्षित

सोमबार, कात्तिक २८ २०७९
वृहतको १८औँ ‘रिमा’तालिम पूरा, थप एजेन्ट प्रशिक्षित

काठमाडौं- वृहत इन्भेष्टमेन्टस प्रा.लि (बीआई)ले आयोजना गरेको १८औँ ब्याचको रियल स्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्न भएको छ। ‘बिआई’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘वृहत ग्रूप’अन्तर्गतको कम्पनी हो।

१० देखि १२ नोबेम्बर २०२२ सम्म काठमाडौंमा आयोजित १८औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका १२ जनाको सहभागिता थियो। यस १८औं रिमा ब्याचमा रियल इस्टेटकै क्षेत्रमाकार्य गर्दै आएका व्यक्तित्वहरु, रियल इस्टेट लगानीकर्ता साथै यस पेशामा लाग्न मन भएका व्यक्तित्वहरुको उपस्थिति रहेको छ। 

तालिममा रियल इस्टेट करिअर बारे आधारभुत जानकारीका साथै घर निर्माण, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटेको थियो। 

तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, आ.रस्मी तुलाधर, ई.बिनोद महर्जन, सुजन श्रेष्ठ , अमित कुमार पुडासैनी र सजन बार सिं थापा रहेका थिए।

तालिमले सहभागीहरुका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ। तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धि मुलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए।

दक्ष रिमा मार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १२ वर्ष अघि देखी यस्तो तालिमको आयोजना गर्दै आएको छ। यस तालिमबाट हालसम्म २३० जना रिमा तालिम प्राप्त गरि सकेका छन्। वृहत इन्भेष्टमेन्टस प्रा.लि नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो।


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend