शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तयार भयो अमेजनको डेलिभरी ड्रोन 

सोमबार, कात्तिक २८ २०७९
तयार भयो अमेजनको डेलिभरी ड्रोन 

अमेजनले सन् २०२४ भित्र ल्याउने गरि अर्को ड्रोनको पनि घोषणा गरेको छ। 

काठमाडौं- अमेरिकी इकमर्स जायन्ट अमेजनले सामान डेलिभरी गर्ने ड्रोन तयार पारेको छ। अमेजनका संस्थापक जेफ बेजोजले घोषणा गरेको करिब एक दशकपछि ड्रोन डेलिभरी सेवा लगभग तयार भएको हो। 

अमेजनले तयार पारेको ड्रोनले १२ फिटबाट प्याकेज झार्नसक्ने भनिएको छ। कम्पनीले तयार पारेको एमके २७-२ नामको ड्रोनको परीक्षण भइसकेको छ। अमेरिकाको क्यालिफोर्नियामा यसले अहिले डेलिभरी सेवाको परीक्षण गरेको छ। सन् २०२२ भित्रै यसको सेवा सुरु हुने कम्पनीले घोषणा गरेको छ। 

फराकिला घर भएका  साना बस्तीमा सबैभन्दा पहिला यसको सेवा सुरु हुने छ। ८० पाउन्डको तौल भएको यो ड्रोनले अधिकतम ५ पाउन्ड प्याकेज मात्र डेलिभरी गर्नसक्ने छ। 

हेलिकप्टर जस्तै उड्ने यो ड्रोन १२ किलोमिटर राउन्डट्रिप लगाउनसक्ने क्षमता राख्छ। प्राइम एयरले सन् २०१३ मै यसको परीक्षण सुरु गरेको थियो। तर लामो समय परीक्षणमै बिताएपनि सन् २०२० मा आएर अमेरिकन संघीय उड्डयन नियकाले ड्रोन सञ्चालनको अनुमति दिएको थियो।

अमेजनले सन् २०२४ भित्र ल्याउने गरि अर्को ड्रोनको पनि घोषणा गरेको छ। 


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend