बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भन्सार छलेर चोरी पैठारी गरी ल्याएको सवारी साधनसहित एकजना पक्राउ 

शुक्रबार, कात्तिक २५ २०७९
भन्सार छलेर चोरी पैठारी गरी ल्याएको सवारी साधनसहित एकजना पक्राउ 

काठमाडौं- भन्सार छलेर चोरी पैठारी गरी ल्याएको दुई थान सवारी साधनसहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो। 

ओझालाई बरामद सवारी साधनसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend