शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कुवेतमा अलपत्र सात कामदारको उद्धार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २५ २०७९
images
कुवेतमा अलपत्र सात कामदारको उद्धार

सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ।

images
images
images

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो।

images
images

उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्। सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ। 

images
images

सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९०३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend