बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३ महिनामै वैदेशिक रोजगारीका लागि बाहिरिए २ लाख, कामदारको रोजाइमा मलेसिया

रोजगारीका लागि विदेशिनेमा झन्डै १० प्रतिशत महिला

सोमबार, कात्तिक २१ २०७९
३ महिनामै वैदेशिक रोजगारीका लागि बाहिरिए २ लाख, कामदारको रोजाइमा मलेसिया

काठमाडौं- देशमै रोजगारीका अवसर नपाउँदा युवाको रोजाइमा वैदेशिक रोजगारी नै परिरहेको छ। नेपालीहरूको मुख्य चाड दसैँजस्ता पर्व परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आएको छैन।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तिन महिनामा २ लाख २ हजार १ सय ४८ जना युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश पुगेका छन्। जसमा महिलाको संख्या १९ हजार १ सय ७१ रहेको छ।

कुन महिना कति बाहिरए?

विभागका अनुसार भदौको तुलनामा असोजमा केही संख्यामा कमी भने आएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा ६२ हजार ७ सय ६, भदौमा ७६ हजार ४ सय ३ र साउनमा ६३ हजार ३९ जना रहेका छन्।

what.JPG

पहिलो रोजाइमा मलेसिया

युवाको रोजाइमा मलेसिया परेको छ। वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्यामा सबै भन्दा बढी मलेसिया जाने रहेका छन्। ३ महिना मलेसिया जानेको संख्या ८६ हजार ९ सय १८ जना रहेका छन्।

मलेसिया.JPG

यसैगरी विभागका अनुसार म्यानपावरमार्फत साउनमा ३७ हजार ६ सय ८०, भदौमा ५० हजार ५० र असोजमा ३७ हजार ४ सय १४ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्।

यसैगरी बिदामा नेपाल आएर फर्कनेको संख्या असोजमा १८ हजार ६ सय ७२, भदौमा १८ हजार ७ सय १० र साउनमा २० हजार ३ सय १० रहेको विभागले जनाएको छ।


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend