शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आरजु राइस मिलले तोक्यो रञ्जित धानको समर्थन मूल्य, दुई दिनमै किसानको खातामा रकम

बुधबार, कात्तिक १६ २०७९
आरजु राइस मिलले तोक्यो रञ्जित धानको समर्थन मूल्य, दुई दिनमै किसानको खातामा रकम

काठमाडौं- अबको केही दिनपछि बर्खे धान भित्र्याउने काम सुरु हुँदैछ। यसै क्रममा धान काट्ने, सुकाउने बिक्री गर्ने चटारो किसानहरुलाई उत्तिकै थपिने छन्। यसलाई सहज बनाउँदै आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन तोकेको छ।

जसअनुसार धानमा नमिको मात्रा १८ प्रतिशत तोकिएको छ। मिलमा धान पुर्‍याएको दुई दिनभित्रै किसानको बैंक खातामा रकम जम्मा गरिनेछ।

राइस मिलभित्रै धान तौल गर्ने अत्याधुनिक मेशिन जडान गरिएको छ। मेशिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ।

आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै  ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बिऊ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो।
आरजु राइस मिल पूर्ण स्वचालित मिल हुन्। मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’ का मेशिनहरु जडान गरिएका छन्।

अबको केही सातापछि मिलले जीरा मसिनो, लङ ग्रेन तथा वास्मती चामल नेपाली बजारमा सस्तो दरमा बिक्रीवितरण गर्ने योजना अनुसार कार्य गरिरहेको छ।

नेपालले प्रतिवर्ष अर्बोखर्बौको खाद्यान्न आयात गरिरहेको छ। यसबाट रोजगारमा कमीको साथै विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ। आरजु राइस मिल नेपाली किसानहरुसँग सहकार्य गर्दै स्वस्थ्य पौष्टिक चामल देशैभरि बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ।


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend