शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दैनिक एउटा बिक्री हुने फोर्ड फिगोको रोकिएको नेपाल यात्रा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २९ २०७८
दैनिक एउटा बिक्री हुने फोर्ड फिगोको रोकिएको नेपाल यात्रा 

१० वर्षमा नेपाली बजारमा ३८ सय ५१ वटा फोर्ड फिगो बिक्री भएको थियो। यो भनेको फिगो दैनिक एउटा भन्दा धेरै बिक्री हुँदै आएको हो। २०१८/१९ सम्म फिगो ट्रेन्ड सर्वाधिक बिक्री हुँदै आएको थियो। यो वर्ष ५ सय ८७ वटा फिगो नेपाली बजारमा बिकेको थियो।

काठमाडौं- फोर्ड फिगो नेपाली बजारमा दैनिक एउटाभन्दा बढी बिक्री हुँदै आएको थियो। अमेरिकी ब्रान्डको इन्ट्रिलेवल कार जो भारतमा उत्पादन हुँदा नेपाल आउन सम्भव भएको हो। 

भारतमा फोर्डले कार उत्पादन बन्द गर्ने निर्णय गरेसँगै अबको केही महिनापछि फोर्डको फिगो नेपाल आउँने छैन। फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले आगामी दिनमा तेस्रो मुलुकबाट महँगा कारमात्र आयात गर्ने जनाएको छ।

१० वर्षमा नेपाली बजारमा ३८ सय ५१ वटा फोर्ड फिगो बिक्री भएको थियो। यो भनेको फिगो दैनिक एउटा भन्दा धेरै बिक्री हुँदै आएको हो। २०१८/१९ सम्म फिगो ट्रेन्ड सर्वाधिक बिक्री हुँदै आएको थियो। यो वर्ष ५ सय ८७ वटा फिगो नेपाली बजारमा बिकेको थियो।

२०२०/२१ मा भने फिगो निक्कै कम बिक्री भएको थियो। सो वर्ष ७९ वटामात्र फिगो बिक्री भएको थियो। चालु वर्षमा ३/४ महिनामा फोर्ड फिगो १६ वटामात्र बिक्री भएको तथ्यांक छ। 

फोर्डका कार नेपाली बजारमा रुचाइने मध्येमा पर्छन। इकोस्पोर्ट वार्षिक ५ सय वटा बिक्री हुँदै आएको थियो। त्यस्तै फिगो पनि दैनिक एउटाभन्दा बढी बिक्री हुँदै आएको तथ्यांक छ। 

अब भने नेपाली बजारमा फोर्डका इकोनोमिक रेन्जका कार आउने छैनन्। कम्प्याक्ट एसयूभी सेगमेन्टमा मार्केट लिड गरेको फोर्ड इकोस्पोर्ट र इन्ट्रिलेवल कारमा फिगोले समेत एउटा बेन्चमार्क कायम गर्न सफल भएको थियो। 

बजार हिस्साका आधारमा फोर्डलाई उपल्लो तहमा पुर्‍याउन महत्वपूर्ण भूमिका इकोस्पोर्ट र फिगोले नै खेलेका थिए। अब भने जीओ अटोमोबाइल्सले भारतबाहेक देशबाट महँगा कार ल्याएर बिक्री गर्ने जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज २९ २०७८०१:०६
  • सम्बन्धित विषय:

  • # फाेर्ड माेटर
  • # फिगाे
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend