बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एफएटीएफको ग्रे लिस्टबाट बाहिरियो पाकिस्तान 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ६ २०७९
एफएटीएफको ग्रे लिस्टबाट बाहिरियो पाकिस्तान 

सन् २०१८ मा दिइएका सुझाव कार्यान्वयन भएको भन्दै एफएटीएफको प्लेनरीले पाकिस्तानलाई बाहिर निकाल्ने निर्णय गरेको हो। 

काठमाडौं- दक्षिण एसियाली मुलुक पाकिस्तान बहुपक्षीय संस्था फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिएको छ। सम्पत्ति शुद्धीकरणको क्षेत्रमा दिइएका सुझाव कार्यान्वयन नगरेको भन्दै एफएटीएफले पछिल्लो पटक पाकिस्तानलाई सन् २०१८ मा ग्रे लिस्टमा राखेको थियो। 

शुद्धीकरणको अवस्था खराब हुँदै जाँदा त्यसको सुधारका लागि आफ्नै  सहभागिता बढाउनका लागि राखिने यो सूचीबाट पाकिस्तान हालै पेरिसमा सम्पन्न प्लेनरीबाट बाहिरिएको हो। 

सन् २०१८ मा दिइएका सुझाव कार्यान्वयन भएको भन्दै एफएटीएफको प्लेनरीले पाकिस्तानलाई बाहिर निकाल्ने निर्णय गरेको हो। 

ग्रे लिस्टमा गएपछि कुनै पनि मुलुकको अन्तर्राष्ट्रिय वित्तीय कारोबार कठिन हुँदै जान्छ। मुलुकको रेटिङ कमजोर हुन्छ भने वित्तीय संस्थाहरूले सहायता उपलब्ध गराउँदैनन्। पछिल्लो चार वर्षमा पाकिस्तानले यस्तै नोक्सान बेहोरेको छ। पछिल्लो चार वर्षमा पाकिस्तानले १० अर्ब डलर क्षति बेहोरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

एफएटीएफको ग्रे लिस्टमा पाकिस्तान योसहित तीनपटक परेको छ। सन् २००८, २०१२ र २०१८ मा परेको थियो। आतंकवादी क्रियाकलापमा लगानी, भ्रष्टाचार तथा अपराधिक गतिविधिबाट गरिने आम्दानीलाई निरुत्साहित गर्नका  लागि एफएटीएफले विभिन्न सुझाव दिन्छ। 

सम्पत्ति शुद्धीकरण भइरहेको बलियो आशंका भएपछि एफएटीएफले कुनै पनि देशलाई ग्रे लिस्टमा राख्छ। त्यसपछि सुधारका लागि सुझा दिन्छ। सुझाव अनुसारको सुधार भए नभएको एफएटीएफ आफैले मूल्यांकन गर्छ। यदि सुधार भएको पाइएमा पाकिस्तान जस्तै बाहिर आउँछ। यदि नभएमा कालोसूचीमा राख्छ। 

ग्रे लिस्टमा भएका देशका लागि शर्त कडा हुन्छन् तर अन्तर्राष्ट्रिय वित्तीय सहायता मिल्छ। तर कालोसूचीमा राखेपछि भने लगभग सबै ढोका बन्द हुन्छन्।

नेपालका सन्दर्भमा एफएटीएफले अहिले द्वपक्षीय मूल्यांकन गरिरहेको छ। यो मूल्याकंन करिब एक वर्ष चल्छ। 


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend