शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रदूषण नियन्त्रणमा १ प्रतिशत उद्योगको मात्र लगानी 

images
आइतबार, कात्तिक ६ २०७९
images
प्रदूषण नियन्त्रणमा १ प्रतिशत उद्योगको मात्र लगानी 

उद्योगहरूले ८ खर्ब ४६ अर्ब लगानी गरेर १२ खर्ब १ अर्बको उत्पादन वार्षिक गर्छन्। उद्योग क्षेत्रबाट वर्षमा ३ खर्ब ५० अर्बको मूल्यअभिवृद्धि हुन्छ। खर्बौको उत्पादन गर्ने उद्योगले प्रदुषण नियन्त्रणमा भने लगानी नै गर्दैनन्।

images
images

काठमाडौं- नेपालका उद्योगले उत्पादनको प्रक्रियामा सिर्जना हुने प्रदूषण नियन्त्रणका लागि नगन्य लगानी गर्ने गरेका छन्। 

images
images
images

केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७८ का अनुसार सीमित उद्योगले मात्र प्रदूषण नियन्त्रणमा लगानी गरेका छन्। सर्वेक्षणले जम्मा १ प्रतिशत उद्योगले मात्र लगानी गरेको देखाएको छ। 

images
images

कूल ६० हजार १८५ उद्योग प्रतिष्ठानमा जम्मा ८०५ वटा उद्योग (१ प्रतिशत)ले मात्र प्रदुषण नियन्त्रणमा लगानी गरेका छन्। विभिन्न प्रकारका प्रदूषण रोकथामका लागि १ प्रतिशत उद्योगले मसिन जडान तथा त्यसमा लगानी गरेका छन्। 

images
images

विभागले सर्वेक्षणको क्रममा धुवा, धुलो, ध्वनी, पानी, युभी रे, रिसाइकल जस्ता क्षेत्रमा लगानी गरे नगरेको बारेमा प्रश्न सोधेको थियो। यो प्रश्नको जवाफबाट आएको तथ्यांक अनुसार नगन्य उद्योगले मात्र प्रदूषण नियन्त्रणमा लगानी गरेका छन्। 

जुनसुकै उद्योगको उत्पादनको क्रममा प्रदूषण सिर्जना हुन्छ। सामान्य गार्मेन्टमै ध्वनी प्रदूषण हुन्छ भन् सिर्जना हुने फोहर तथा पानीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर यसमा धेरैजसो उद्योगले न मेसिन जडान गरेका छन् न त्यसका लागि कुनै सेवा लिएका छन्। 

यसमा लगानी गरेकामध्ये सबैभन्दा धेरै ग्यास, स्मोक नियन्त्रणका लागि २५३ वटा उद्योगले लगानी गरेका छन्। 

सर्वेक्षणअनुसार ६० हजार १८५ उद्योग प्रतिष्ठान छन्। यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा,  विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति; ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठानहरू रहेका छन्।

सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा संलग्न रहेका व्यक्तिहरूको संख्या ४ लाख ९१ हजार २२७  छन्। यसमा खानी तथा उत्खनन क्षेत्रमा ६ हजार ४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६६, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा १८ हजार १८५ जनाले रोजगारी पाएका छन्। 

यस्ता उद्योगले वार्षिक कर्मचारीको तलब भत्ता तथा अन्य सुविधामा १ खर्ब ७ अर्ब ८९ करोड भुक्तानी गर्दै आएका छन्। यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगले गर्छन्। यो क्षेत्रबाट वर्षमा ९५ अर्ब ७७ करोड भुक्तानी हुन्छ। 

नेपालका उद्योगहरूले वार्षिक मूल्यअभिवृद्धि प्रतिशत भने ४१ प्रतिशत रहेको छ। लागतको ४१ प्रतिशत मूल्यअभिवृद्धि गर्दै आएका छन्। सर्वेक्षणको वर्ष उद्योगहरूले ८ खर्ब ४६ अर्ब लगानी गरेर १२ खर्ब १ अर्बको उत्पादन गरेका थिए। उद्योग क्षेत्रबाट सो वर्ष ३ खर्ब ५० अर्बको मूल्यअभिवृद्धि भएको थियो। 


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend