शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आकर्षक सूचक र उच्च लाभांश क्षमताले पनि किन बढ्न सकेन दोस्रो बजारमा एनआईसी एसिया बैंकको सेयर मूल्य?

images
शुक्रबार, कात्तिक ४ २०७९
images
आकर्षक सूचक र उच्च लाभांश क्षमताले पनि किन बढ्न सकेन दोस्रो बजारमा एनआईसी एसिया बैंकको सेयर मूल्य?
images
images

काठमाडौं- एनआईसी एसिया बैंकले वित्तीय सूचकमा आकर्षक सुधार गरेपनि दोस्रो बजारमा भने मूल्य बढ्न सकेको छैन। एनआईसी एसिया बैंकको सेयर साताको अन्तिम दिन बिहीबार ६१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्लो एक वर्षमा उच्चतम मूल्य ९३५ रुपैयाँमा कारोबार भएको थियो। 

images
images
images
nicaa.JPG

अहिलेको मूल्य पछिल्लो एकवर्षयताकै सस्तो रहेको छ। लाभांशमा लागेको प्रतिबन्धका कारण गतवर्ष सेयर मूल्य ओरालो लागे पनि अब आउने वर्षहरुमा एनआईसी एसिया बैंकले सेयर लगानीकताई आकर्षक लाभांश दिने क्षमता भएकाले पनि मूल्यमा भारी वृद्धि हुने देखिन्छ।

images
images

बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ। एनआईसी एसिया बैंकले लाभांश क्षमता १९‍.३७ प्रतिशत रहेको छ।

images
images

गत आर्थिक वर्ष २०७८/७९ मा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ३८.८६ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले  वितरणयोग्य नाफा भने २ अर्ब २४ करोड रुपैयाँ गरेको छ। बैंकको नाफामा वृद्धि भएपनि निक्षेप तथा कर्जामा भने उल्लेख्य प्रगति गर्न सकेको छैन। निक्षेप १ प्रतिशतले बढाएको छ भने ऋण १.४८ प्रतिशतले बढाएको छ। 

बैंकले २०७८/७९ को अन्त्यसम्म २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ५२ अर्ब ऋण प्रवाह गरेको छ। बैंकको खराब कर्जा भने ०.४९ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१७.५२ रुपैयाँमा स्थिर रहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend