मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

काठमाडौंमा कृषि र गैरकृषि जमिन वर्गीकरण गरिँदै, गठन गरियो भूउपयोग कार्यान्वयन उपसमिति

images
बिहीबार , कात्तिक ३ २०७९
images
काठमाडौंमा कृषि र गैरकृषि जमिन वर्गीकरण गरिँदै, गठन गरियो भूउपयोग कार्यान्वयन उपसमिति

आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी भूउपयोग कार्यान्वयन उपसमितिलाई दिइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ।     

images
images
images

कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बुधबार बसेको भूउपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो। गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडासदस्य सदस्य रहनेछन्। बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ।

images
images

भूउपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्‍मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन्। कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ।  

images
images

कार्यक्रममा प्रमुख शाहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैरकृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गरे। कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिसबारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भूउपयोग परिषद्मा छलफल गरेर निर्णय हुने बताए। 

ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend