शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

टेस्लाको कार बिक्रीमा नयाँ रेकर्ड, तेस्रो त्रैमासमा बेच्यो साढे २ लाख कार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
images
टेस्लाको कार बिक्रीमा नयाँ रेकर्ड, तेस्रो त्रैमासमा बेच्यो साढे २ लाख कार

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले यो वर्षको तेस्रो त्रैमासमा २ लाख ४१ हजार ३ सय वटा विद्युतीय सवारी बिक्री गरेको छ। कम्पनीको यो बिक्री संख्या विश्वभरको हो। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले यो वर्षको तेस्रो त्रैमासमा २ लाख ४१ हजार ३ सय वटा विद्युतीय सवारी बिक्री गरेको छ। कम्पनीको यो बिक्री संख्या विश्वभरको हो। 

images
images
images

टेस्लाले उपभोक्तालाई हस्तान्तरण गरेको यो संख्या हालसम्मकै सर्वाधिक हो। विश्वभर विद्युतीय सवारीको माग उलेख्य रुपमा बढी रहेको छ। यसैको परिणाम स्वरुप टेस्लाको बिक्रीमा यस्ता नतिजा आएको हो। 

images
images

सेप्टेम्बरको सुरुवातमै टेस्लाका प्रमुख एलन मस्कले कारको बिक्री बढाउने गरि काम गर्न भन्दै कर्मचारीलाई इमेल पठाएका थिए। 
टेस्लाले २०२१ को दोस्रो त्रैमासमा २ लाख १ हजार २ सय ५० वटा कार बिक्री गरेको थियो। टेस्लाका धेरै बिक्री हुने कारमा मोडल एस, मोडल थ्री, मोडल एक्स र मोडल वाइ हुन्। 

images
images

विश्वभर चिपको अभावका कारण कारको उत्पादन काम भइरहेको छ। तर हालसम्म टेस्लाले भने उक्त भोग्न नपरेको जनाएको छ। टेस्लाले टेक्ससमा र जर्मनीको बर्लिनमा गिगाफ्याक्ट्री केही समयमै सञ्चालनमा ल्याउने तयारी गरेको छ। यी दुई प्लान्ट सञ्चालनमा आएसँगै टेस्लाको बिक्री संख्यामा थप सकारात्मक प्रभाव पर्ने छ। 

साथै टेस्लाले नयाँ मोडल नेक्स्ट–जेन रोडस्टा र साइबरट्रक बजारमा ल्याउने तयारी गरेको छ। टेस्ला भारतीय बजारमा आउने योजनामा छ। टेस्लाले भारतको कर नीतिमा केही हेरफेर चाहेको छ।


प्रकाशित : बिहीबार , असोज २१ २०७८०७:३०
  • सम्बन्धित विषय:

  • # टेस्ला
  • # Tesla
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend