शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रक्रिया सुरु भएको १५ वर्षपछि बल्ल बैंकलाई ब्रोकरको लाइसेन्स

images
मंगलबार, कात्तिक १ २०७९
images
प्रक्रिया सुरु भएको १५ वर्षपछि बल्ल बैंकलाई ब्रोकरको लाइसेन्स
images
images

काठमाडौं- नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ आवेदनमध्ये ११ वटा बैंकले ब्रोकरका लागि आवेदन दिएका छन्। योसँगै १५ वर्षदेखि बैंकहरूले सुरु गर्न लागेको ब्रोकरको काम गर्न पाउने भएका छन्। 

images
images
images

३० दिनको समयमा ४५ कम्पनीले आवेदन दिएसँगै अबको ३५ दिनपछि नयाँ ब्रोकर थपिने छ। जसमा ११ बैंक सहभागी भएका छन्। रितपूर्वका आएका सबै आवेदनले अनुमति पाउने छन्।  एनएमबी, माछापुच्छ्रे, एनआईसी एसिया, सन सेक्युरिटिज, मेगा स्टक, हिमालयन, सेन्चुरी बैंक, नबिल, आरबीबी सेक्युरिटिज, प्रभु र सानिमा बैंकले ब्रोकरको लागि आवेदन दिएका छन्। 

images
images

१५ वर्षपछि बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आएको छ। सोमबार ११ वटा बैंकको ब्रोकर लाइसेन्सका लागि आवेदन परेसँगै लगानीकर्ता र बैंकहरूले गरेको प्रतिक्षा सकिएको हो। धितोपत्र बोर्डले २०६४ सालमै बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको थियो।  

images
images

तत्कालीन बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा लैजाने तयारी गरेका थिए। तर, नेपाल राष्ट्र बैंकले सहायक कम्पनीले ब्रोकर सञ्चालन गर्न नपाउने गरी निर्देशन जारी भएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो। 

पुनः २०७४ सालमा धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए। संसदको अर्थ समितिले पुनः रोकेको थियो। 

बोर्डले धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी २० करोड पुर्‍याएको थियो। यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्‍याएको छ। आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे/नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिनेछ। 

डिलरसहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक एक्लो आवेदनकर्ता बनेको छ। नबिल बैंकको एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युटिजले आवेदन गरेसँगै नबिल डिलर सहितको लाइसेन्सकोलागि आवेदन दिएको छ। 

यसैगरी ६० करोड रुपैयाँ पुँजीसहितको ब्रोकर कम्पनीको लागि आवेदन गर्ने कम्पनी तीनवटा भएका छन्। मेगा स्टक मार्केट, सेन्चुरी बैंक र हिमालयन ब्रोकरले ६० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनीको लागि आवेदन दिएको नेप्सेले जनाएको छ। बाँकी सबैले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन्।

आवेदन दिने कम्पनीहरू आवेदन दिने कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड,सेयरप्रो सेक्युरिटिज लिमिटेड,माछापुच्छ्रे सेक्युरिटिज प्रालि, एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि रहेका छन्। त्यस्तै पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रालि, मेगा स्टक ब्रोकर लिमिटेड ,एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड रहेको छ। 

इन्डेक्स सेक्युरिटिज लिमिटेड,जेबीएनएल सेक्युरिटिज लिमिटेड,प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे,आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड,एसपीएसबी सेक्युरिटिज लिमिटेड,नबिल सेक्युरिटिज लिमिटेड,शुभकामना सेक्युरिटिज प्रालि,ट्रेडमो सेक्युरिटिज प्रालि, सानिमा सेक्युरिटिज लिमिटेड,आकाशभैरव सेक्युरिटिज लिमिटेड,हिमालयन सेक्युरिटिज लिमिटेड,क्यापिटल हब प्रालि रहेका छन्। 

गरिमा सेक्युरिटिज लिमिटेड,स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड,हातेमालो फानान्सियल सर्भिसेज प्रालि,सीबीआईएल सेक्युरिटिज,इगल स्टक इक्विटी प्रालि,इन्दिरा सेक्युरिटिज प्रालि,ब्ल्युचिप सेक्युरिटिज लिमिटेड,मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड,सनी सेक्युरिटिज कम्पनी लिमिटेड,सजिलो ब्रोकर कम्पनी लिमिटेड लगायत छन्।


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend