शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

देउवा, दाहाल र नेपालको अपिल : पाँच वर्ष स्थिर सरकार र समृद्धि

मंगलबार, कात्तिक १ २०७९
देउवा, दाहाल र नेपालको अपिल : पाँच वर्ष स्थिर सरकार र समृद्धि

काठमाडौं- सत्ता गठबन्धले पाँचवर्ष स्थिर सरकार र समृद्धिको नारा अगाडि सारेको छ। तीन दलका नेताहरूले संयुक्त अपिल जारी गर्दै विकास र समृद्धिका लागि गठबन्धनका दलहरूको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। 

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मुख्य गरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त मोर्चा बनाएर चुनावमा होमिएका बेला नारासमेत एकै ढंगमा दिने तयारी गरेका हुन्।

पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरुप काम गर्दै आएको दाबीसमेत अपिलमा गरिएको छ। नयाँ चुनावसँगै राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको गर्ने समृद्धिको मार्गमा अग्रसर गराउन मद्दत पुग्ने दावीसमेत अपिलमा गरिएको छ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितका सुशासन र जनताको घरदेश प्रभावकारी सेवाको सुनिश्चितता गर्दै उत्पादन वृद्धि र रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना गर्नेसमेत अपिलमा उल्लेख गरिएको छ।  

कृषि उत्पादन वृद्धि गर्न लाखौँको संख्यामा देशबाट बाहिरिइरहेका युवा जनशक्तिका लागि देशभित्रै व्यवसाय स्वराजगारी र रोजगारीका अवसरहरू सिर्जना गर्ने विषय गठबन्धनको उच्च प्राथमिकतामा रहने उल्लेख गरिएको छ। 

आगामी निर्वाचनपछि बन्ने संयुक्त सरकारले कृषिको आधुनिकीकरण उत्पादन वृद्धि एवम् बजारीकरण पूर्वाधार विकास र पर्यटन प्रबर्द्धन, व्यापार घाटाको न्युनीकरण तथा निर्यात प्रवर्द्धन र नेपालको नाम एवम् प्रचुर सम्भावना भएका जस्ता विकासमा जोड दिनेसमेत बताएका छन्। 

संघ, प्रदेश र स्थानीय सरकारहरूको सक्रियतामा पानी, पूर्वाधारको विकास नगरी जनताको समृद्धिलाई साकार गर्न सकिँदैन यसैले यातायात पूर्वाधार, सूचना प्रविधि विकास तथा अन्य सुविधा दिलाउनु तत्कालका प्राथमिकताहरू रहेकोसमेत अपिलमा उल्लेख गरिएको छ। 

सडक एवम् हवाई यातायातको विस्तार, स्तरीय एवम् सुरक्षित बनाउन निरन्तरको प्रयासमार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्ने, उपभोग बढाएर वातावरण विनाश रोक्न स्वदेशमा उत्पादित वस्तुको समाग्री उत्पादनमा जोड दिइने भएको उल्लेख छ।  

विद्युतको निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाइ भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने सम्भावनाहरू छन् ती सम्भावनाको सदुपयोग गर्ने प्रष्ट दूरदृष्टि र कार्य योजनाका साथ गठबन्धनको भावि सरकारले कार्य गर्ने दाबी अपिलमा गरिएको छ। 

आर्थिक अभावका कारण आधारभूत शिक्षा र स्वास्थ्यको अवसरबाट कोही पनि नेपाली वञ्चित हुने छैनन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरूले समेत प्रतिबद्धता जनाएका छन्। 

उच्च शिक्षाका लागि बर्सेनि  विदेशिने अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा र त्यससँगै हुने प्रतिभा पलायन अहिलेको मूल चिन्ताको विषय हो, मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा दिन, योग्यता र क्षमता अनुरुपको सीप सुनिश्चित गर्दै अध्ययनसँगै आय आर्जन गर्न र अध्ययन पछि लाभदायी रोजगारी सुनिश्चित गर्न सबै सरोकारवालाहरूको साझा प्रयास आवश्यक रहेकोसमेत अपिलमा उल्लेख गरेका छन्।


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend