शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एक वर्षमा ६८ प्रतिशत बढे फोरजी प्रयोगकर्ता

मंगलबार, कात्तिक १ २०७९
एक वर्षमा ६८ प्रतिशत बढे फोरजी प्रयोगकर्ता

नेपाल टेलिकम र एनसेल बाहेकका अन्य सेवाप्रदायकको ग्राहक  संख्या उल्लेखनीय छैन। 

काठमाडौं- गएको एक वर्षमा नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार दूरसञ्चार सेवाप्रदायकका फोरजी सेवा लिने ग्राहकको संख्यामा उल्लेखनीय विस्तार भएको छ। सेवा कभरेजमा विस्तार गरेको र डिभाइस पहुँचको विस्तार भएकाले प्रयोगकर्ताको संख्यामा पनि वृद्धि भएको हो। 

तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्। 

२०७९ को  असारसम्म नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या १ करोड १२ लाख पुगेका छन्। गएको साउनमा यस्तो संख्या ५३ लाख मात्र थियो। सतप्रतिशतले बढेका छन्। टेलिकमले गएको वर्ष देशव्यापी फोरजी कभरेज विस्तार गरेपछि प्रयोगकर्ता बढेका हुन्। 

एक वर्षमा एनसेलका १६ लाख ४ हजार २ सय ९२ फोरजी प्रयोगकर्ता थपिएका छन्। फोरजीसहित मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड नाघेको छ। 

पछिल्लो तथ्यांक अनुसार नेपाल टेलिकमका सेवा प्रयोग गर्ने कूल ग्राहकको संख्या २ करोड १५ लाख पुगेको छ। ल्यान्डलाइनदेखि फिक्स्ड इन्टरनेट सुविधा दिँदै आएको टेलिकमले सीडीएमए सेवा पनि अझै दिइरहेको छ। 

त्यस्तै एनसेलका ग्राहक १ करोड ६४ लाख रहेको छ। 

नेपाल टेलिकम र एनसेल बाहेकका अन्य सेवाप्रदायकको ग्राहक  संख्या उल्लेखनीय छैन। 

 


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend